Ad image

विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप सम्वन्धि तालिम घर्तिगाउँमा उद्घाटन

मालश्री खबर
मालश्री खबर १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १७ गते रोल्पा ।

कृष्ण माध्यमिक विद्यालय घर्तिगाउँका विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप सम्वन्धि तालिमको उद्घाटन गरिएको छ ।

माडी गाउँपलिका–२ को वडा शिक्षा समितिको आयोजनामा कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि तालिमको उद्घाटन गरिएको हो ।

विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप सम्वन्धि तालिम ३ दिनसम्म चल्ने छ । प्रशिक्षण बिहानी प्राथनाको समयमा गरिने क्रियाकलापका साथै अन्य अतिरिक्त क्रियाकलाप बारे ज्ञान दिइने माडी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

कालिका मानव ज्ञान नमुना माध्यामिक बिद्यालय बुटवलका खेल संयोजक एवम् खेल प्रशिक्षक हरिस वलीले विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहनुभएको छ । कार्यक्रम सहजीकरण वडा सदस्य सुरेन्द्र बुढामगरले गर्नुभएको थियो ।

माडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवम् शिक्षा समिति संयोजक ललित घर्तिमगरको अध्यक्षतामा सुरुभएको कार्यक्रमको प्रमुख अतिथिमा माडी गाउँपालिका अध्यक्ष एवम् गाउँ शिक्षा समिति संयोजक अमरसिंह घर्तिमगर रहनु भएको थियो ।

अतिथिहरुमा पालिका स्तरीय राजनैतिक दल, वडा स्तरीय राजनैतिक दल, बुद्धिजीवी, समाजसेवी लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array