Ad image

नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको बैठक लिबाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १६ भाद्र २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर भाद्र १६ गते रोल्पा ।

नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको बैठक शनिबार लिबाङमा सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका संयोजक नरेन्द्रध्वज डिसीको अध्यक्षता बैठक बसी केहि महत्वपुर्ण निर्णयहरु गरेको नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको अहिले आफ्नै भबन र कार्यालय नभएको हुनलाले नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाको कार्यालय संचालन गर्नको लागी आवश्यक पर्ने कोठा नेपाली कांग्रेस रोल्पालाई उपलब्ध गराउन अनुरोध गर्ने र कार्यलयको लागी आवश्यक पर्ने फर्निचरका सामाग्रीहरु खरीद गर्नको लागी कार्यसमिती पदाधिकारीहरु, नेपाल ट्रेड युनियन कांग्रेस रोल्पामा आबद्ध सम्पुर्ण संघ संस्थाहरुलाई इच्छाअनुसार सहयोगको लागी अनुरोध गर्ने निर्णय भएको बताइएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस रोल्पालाई थप ससक्त मजबुट बनाउनको लागी जिल्लाको १० वटै पालिका संयोजकहरु पनि टोकेको नेपाल ट्रेड युनियन कांग्रेस रोल्पाका अध्यक्ष नरेन्द्रध्वज डिसीले बताउनु भएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिकामा शशिराम बिष्ट उपाध्याय, सुनिलस्मृती गाँउपालिकामा प्रशंसा थापा बिष्ट, सुनछहरी गाँउपालिकामा राम बहादुर झाक्रि, लुङ्ग्री गाँउपालिकामा लाल बहादुर बिष्ट, रुन्टिगढी गाँउपालिकामा गोबिन्द खनाल, त्रिबेणी गाँउपालिकाम पुष्पा महरा, माडी गाँउपालिकामा कुमार रोका, गंगादेब गाँउपालिकामा कमल प्रकाश हमाल, परिबर्तन गाँउपालिकामा लाल बहादुर घर्तिमगर र थबाङ गाँउपालिकामा नरेन्द्रध्वज डिसी र हिरा बहादुर थापालाई जिम्मा दिएको बताइएको छ ।
बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस रोल्पामा जिल्ला कार्यसमिती रोल्पामा आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array