Ad image

विप्लव रोल्पा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) रोल्पाका संयोजक हरी वली माओवादी केन्द्रमा प्रवेश

मालश्री खबर
मालश्री खबर १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर भाद्र १६ गते रोल्पा ।

नेकपा (विप्लव) का रोल्पा जिल्ला समिति सदस्य एवं अखिल (क्रान्तिकारी) रोल्पाका संयोजक हरीबहादुर वली नेपाल कमयुनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

जनजन माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियानकै शनिवार आज वली नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र) रोल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ सदस्य एवं जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका इन्चार्ज तथा संयोजक पूर्ण घर्तीमगरले प्रवेश गराउनुभएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्यहरु रेशम पुनमगर, शोभाराम राना, प्रेस सेन्टर लुम्बिनी प्रदेश समिति अध्यक्ष एवं सदस्य मानसिंह विश्वकर्मा, नेकपा (माओवादी) रोल्पा नगरपालिका समिति अध्यक्ष फविन्द्र आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array