अखाद्य बस्तु मिसावटको बिषयलाई लिएर, रोल्पा उद्योग बाणिज्य संघको एक बिज्ञप्ती सार्वजनिक

मालश्री खबर
मालश्री खबर १५ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र १५ गते रोल्पा

रोल्पा उद्योग बाणिज्य संघ रोल्पाले शुक्रबार एक प्रेस बिज्ञप्ती सार्बजनिक गरेको छ । जिल्लाको बिभिन्न क्षेत्रहरुमा रहेका केहि खाद्यान्न पसलहरुबाट खरिद गरेर लगेका चामलमा अखाद्य बस्तु मिसावट भएको कुरा केहि सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भए पछि रोल्पा उद्योग वाणिज्य संघले शुक्रबार एक प्रेस बिज्ञप्ती मार्फत यस बारे आफ्नो आधिकारी धारणा सार्बजनिक गरेको छ ।

रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । “रोल्पा जिल्लाको विभिन्न बजार केन्द्रहरुमा रहेका व्यवसायीहरुद्वारा चामलमा अखाद्य बस्तु मिसावट गरी विक्री वितरण भैरहेको भन्ने समाचारहरु विभिन्न सामाजिक सञ्जालमा प्रचार भैरहेको सन्दर्भमा रोल्पा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

सामाजिक सञ्चालहरुमा यस खालका समाचारहरु आउन थालेपछि रोल्पा उद्योग वाणिज्य संघ र यस जिल्लामा खाद्यन्न भित्र्याउने आयातकर्ताले सम्बन्धित विक्रेतासँग सरोकार राख्दा अखाद्यबस्तु मिसावट नभएको भन्ने जानकारी आएतापनि आम उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै रोल्पा उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय रोल्पाको समन्वयमा खाद्यन्नको गुणस्तर परीक्षण गर्नका लागि तयारी गरीरहेकाले त्यसको वास्तविक नतिजा र तथ्य नआउँदासम्म आम उपभोक्ताहरु त्रसित हुनेगरी कुनै आधार र प्रमाणबिनाका समाचारहरु सम्प्रेषण नगरिदिनुहुन सबैलाई अनुरोध गर्दछौं ।

यसैगरी रोल्पा जिल्लास्थित उद्योगी व्यवसायीहरुले पनि आम उपभोक्ताहरुको स्वास्थ्यको ख्यालगरी आफ्नो व्यवसाय संचालन गरी सामाजिक उत्तरदायित्व सहित आम उपभोक्ताहरुमा सेवा प्रदान गर्न हुन अनुरोध छ ।” भनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्