Ad image

रोल्पा अस्पताल रेउघामा रोकिएको प्रसुति अप्रेशन सिएस सेवा पुनः सञ्चालनमा आयो

मालश्री खबर
मालश्री खबर १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १५ गते रोल्पा
रोल्पा अस्पतालमा केहि समय यता देखि रोकिएको प्रसुति अप्रेशन सिएस सेवा पुनः सञ्चालमा आएको रोल्पा अस्पताल रेउघाले जानकारी दिएको छ ।


रोल्पा अस्पताल रेउघाले प्रदान गर्दै आइरहेको प्रसुति अप्रेशन सेवा अप्रेशन पुर्ब बेहोस बनाउने चिकित्सक एनेस्थसिया सहायक नभई रोकिएको थियो ।

अस्पतालमा अप्रेशन पुर्ब बेहोस बनाउने चिकित्सक एनेस्थसिया सहायक नँया कर्मचारी आए पछि पुनः अस्पताल बाट शुक्रबार देखि प्रसुति अप्रेशन सिएस सेवा सञ्चालनमा लिएको रोल्पा अस्पताल रेउघाकी निमित्त सुपरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले जानकारी दिनु भएको छ ।

प्रसुति अप्रेशन सिएस सेवा सञ्चालनमा आएकाले ढुक्क संग सेवा लिन आउनको लागि रोल्पा अस्पताल रेउघा रोल्पाले शुक्रबार एक बिज्ञप्ती सार्वजनिक गर्दै सबैलाई आग्रह गरेको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array