Ad image

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय तेवाङले सार्वजनिक सुनुवाई गर्दै

मालश्री खबर
मालश्री खबर १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा
मालश्री खबर भाद्र १५ गते रोल्पा ।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सुनिलस्मृती गाउँपालिका ७ तेवाङ रोल्पाले सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परिक्षण गर्न लागेको छ । विद्यालयले भाद्र १८ गते विद्यालयको प्राङगणमा सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परिक्षण कार्यक्रम गर्ने विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले गत आर्थिक बर्ष २०७९÷०८० मा विद्यालयले गरेको समग्र गतिविधिको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परिक्षण कार्यक्रम गर्न लागेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोर बहादुर पुनले बताउनु भएको छ ।

भाद्र १८ गते हुने सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिको लागि विद्यालयले विद्यालयका प्रधानाध्यापक मेघराज रिजालद्वारा हस्ताक्षरित एक सूचना सार्वजनिक गर्दै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, राजनैतिक दलका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगाएत सम्पुर्ण सरोकारवालाहरु लाई उपस्थितिको लागि अपिल समेत गरेको छ ।

- Advertisement -
Ad image

 

 

प्रतिक्रिया दिनुहोस्

Array