Ad image

बेपत्ता पारिएका परिवारको शैक्षिक र आर्थिक संवृद्धिका लागि भूमिका खेल्ने सरोकारवालाहरुको प्रतिबद्धता

मालश्री खबर
मालश्री खबर १३ भाद्र २०८०, बुधबार
3 Min Read
Aa

मालश्री खबर, भाद्र १३ गते ।

बेपत्ता पारिएका परिवारको सदस्यहरुका लागि शैक्षिक र आर्थिक संवृद्धिका लागि भूमिका खेल्ने सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरको अवसरमा आयोजित बहस कार्यक्रममा सरोकारवालाहरुले उक्त प्रतिवद्धता जनाएका हुन ।

नेपाल रेडक्रश सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजनामा बेपत्ता पारिएका ब्यक्ति र तिनका परिवारको सवाल विषयक बहस कार्यक्र रोल्पाको लिबाङमा सम्पन्न गरिएको थियो । विशेष गरि १० वर्षको शसस्त्र द्वन्दको समयमा रोल्पामा धेरै बेपत्ता भएको र उनिहरुको आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा पहुच नपुगिरहेको अवस्थामा उनिहरुको हालको अवस्था कस्तो छ भन्ने बारेमा बहस सम्पन्न गरिएको थियो ।

- Advertisement -
Ad image

बहसमा बत्ताहरुको रुपमा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, नेपाली काँग्रेस रोल्पाका पार्टी सभापति किशोरकुमार आचार्य, नेकपा एमाले रोल्पाका प्रतिनिधि प्रताप घर्तीमगर, नेकपा माओवादी केन्द्र रोल्पाका जिल्ला संयोजक पुर्ण केसी, नेकपा एकीकृत समाजवादी रोल्पाका अध्यक्ष टंक बुढामगर, वारका प्रतिनिधि एवं अधिवत्ता जितविक्रम मल्ल, विश्लेषक एवं नागरिक समाजका प्रतिनिधि खेमबहादुर बुढा, बेपत्ता परिवारका शन्देस थापा लगायतको रहनु भएको थियो ।

सरोकारवाला सहभागिहरुले बेपत्ता आयोग, सत्य निरुपन तथा मेलमिलाप आयोगले पुर्णता पाउन नसक्दा, द्वन्दकालका घटनामा न्यायिक निरुपण गर्नका लागि विभिन्न ऐन कानून बन्न नसकेका कारण बेपत्ता परिएका परिवारहरुले पाउने न्यायिक निरुपण, क्षतिपूर्ति, मेलमिलाप, पिडितलाई कानूनि कार्वाहि हुन नसकेको प्रतिकृया जनाएका थिए । बेपत्ता परिवारहरुले घरमुलि बेपत्ता हुदा बेपत्ताको नाममा रहेको जग्गा अंशबण्डा, कित्ताकाँट र विक्रि गर्न नसक्ने समस्या रहेको औल्याएका थिए । बहसमा सहभागि अधिवत्ता र प्रमुख जिल्ला अधिकारीले प्रकृया पु¥याएर अदालत मार्फत बेपत्ता प्रमाण पत्र लिए उक्त समस्या हल हुने बताउनु भएको थियो ।

बेपत्ता पारिएका परिवारको शैक्षिक, आर्थिक र सिप विकाशको क्षेत्रमा भने सहभागिहरुले आ–आफ्नो क्षेत्रबाट उनिहरुको अवस्था परिवर्तन गर्न भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन । विभिन्न राजनीतिकदल, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ सस्था कार्यालयहरुले पनि उनिहरुको अवस्थामा सुधार ल्याउनका लागि भूमिका खेल्ने प्रतिवद्धता कार्यक्रममा जनाएका हुन ।

नेपाल रेडक्रश सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डीवी टुहुरोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल रेडक्रश सोसाइटी रोल्पा जिल्ला शाखाका उप मन्त्री ध्रुबचन्द्र पुनले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजिकरण रेडियो मालश्रीका पत्रकार गणेश केसीले गर्नु भएको थियो । सहआयोजक द्वन्द पिडित महिला राष्ट्रिय संजाल रोल्पाकी अध्यक्ष श्रीकुमारी रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती रहनु भएको थियो । कार्यक्रमको रेडियो मालश्री, रेडियो जलजला र रेडियो रोल्पाले प्रत्यक्ष प्रशारण गरेका थिए ।

कार्यक्रममा पत्रकार, बेवत्ता परिवार, सुरक्षाकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array