Ad image

नेपाल कम्यिुनिष्ट पार्टी रोल्पा नगर समितिद्वारा एमसीसीको विरोधमा लिबाङमा प्रदर्शन

मालश्री खबर
मालश्री खबर १३ भाद्र २०८०, बुधबार
2 Min Read
Aa

मालश्री खबर, भाद्र १३ गते ।
नेपाल कम्यिुनिष्ट पार्टी रोल्पा नगर समितिले एमसिसिको विरोधमा लिबाङमा प्रदर्शन गरेको छ । आजदेखी कार्यान्वयनको पक्षमा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा बुधबार रोल्पाको सदरमुकम लिबाङमा ‘गो व्याक एमसिसी’ लेखिएका व्यानर सहित कोणसभा गरि विरोध प्रदर्शन गरेको नेपाल कम्पिुनिष्ट पार्टी रोल्पा नगर समितिले मालश्री खबरलाई जानकारी दिएको छ ।

नेपाल कम्यिुनिष्ट पाटीका केन्द्रिय सदस्य दल बहादुर खत्री जागृतीले भन्नुभयो – ‘एमसिसी पास भएको खण्डमा नेपाल फेरी युद्धको मैदानमा जान्छ । एमसिसिका केही वुदाहरुमा हेरफेर नभएर तत्काल पास हुनु देशको लागि घातक हो । केही व्यक्ती, पार्टीको लागि फाइदा भएपनि देशको लागि घातक छ, जस्तै एमसिसीको लेखापरिक्षण अमेरिकाले गर्ने, हक स्वामित्व अमेरिकाकै हुने, विकासका लागि वौद्धिक सम्पती पनि अमेरिकाको हुने जस्ता केही वुदाहरु तत्काल नहटाए सम्म एमसिसीको विरुद्धमा नेपाल कम्यिुनिष्ट पार्टी रहनेछ ।’

कार्यक्रममा बोल्ने बत्ताहरुले रोल्पा अन्यायको बिरुद्धमा सधै एक कदम अगाडी रहेको र सधै रहने बताएका थिए । नेपालले कसैबाट पनि सहयोग नल्याउने नेपाल कम्यिुनिष्ट पार्टीको भनाई नभएर स्वार्थको लागि पास गर्न खोज्नाले देशलाई युद्धको मैदानमा लैजान खोजेको र त्यस्लाई नेपाल कम्यिुनिष्ट पार्टीले रोक्ने बताएका थिए ।

- Advertisement -
Ad image

टिकाराम नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका रोल्पा नगरपालिका इन्चार्ज लाल बहादुर सुनार, जिल्ला सदस्य सरिता केसी लगाए नेपाल कम्यूनिष्ट पाटीका नेता कार्यक्रता, सर्मथकहरुको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array