Ad image

गौ हत्याको बिरोधमा राप्रपा रोल्पाले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

मालश्री खबर
मालश्री खबर १२ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

उमा बस्नेत / मालश्री खबर, भाद्र १२ गते रोल्पा ।
गौ हत्या काण्डप्रति राष्ट्रिय प्रजातन्त्र पाटी रोल्पाले ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाले मंगलबार रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रका भनिएको छ । विगत केही दिन अगाडी धरानमा गौ हत्या गरी मासु खाएको दृश्य सामाजिक संजालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारर्वाही गर्नमा उदासिनता देखाएको प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।

बहुसंख्यक हिन्दु रहेको देशमा सनातन संस्कार मान्दै आएका सनातन ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसंगै चर्च बनाउने र त्यसले सिर्जना गर्न सक्ने सामाजिक द्वन्द्वप्रति सरोकारवाला पक्ष र सरकारका निकायले देखाएको निस्क्रियताले समग्र हिन्दु धर्मावलम्विहरुको आस्थामाथि गहिरो चोट पुगेको राप्रपाले ठहर गरेको छ ।

“नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका बस्ता गतिविधिउपर रोक लगाई सम्बन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा संविधानको धारा २६ को उपधारा (३) ले दिएको अधिकार अनुरूप शान्तिपूर्ण रुपले बिना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाते हिन्दु धर्मावलम्बीहरुप्रति सरकारको रवैया थप प्रष्ट भएको छ ।” राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पाका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सल्लाहकार सदस्य अम्मर बहादुर थापा क्षेत्रीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ ।

- Advertisement -
Ad image

संविधान र प्रचलित कानुनको वर्खिलाप काम गर्नेहरु विरुद्ध कडा कानुनी कारवाही गरी सनातन संस्कृति मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न र समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी सधै लागि पर्ने अध्क्ष थापाले ले बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले उक्त ज्ञापन पत्र प्रधानमन्त्री समक्ष जस्ताको त्यस्तै पु¥याइदिने समेत बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array