Ad image

गुम्चालमा लाग्ने शिव पुजा भदौरे मेलामा जाड रक्सी तथा जुवातास पूर्ण रुपमा बन्द

मालश्री खबर
मालश्री खबर १२ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर / भाद्र १२ गते रोल्पा ।

गुम्चालमा लाग्ने शिव पुजा भदौरे मेलामा जाड रक्सी सेवन तथा वेचविखन कार्यलाई पुर्ण रुपमा बन्द गरीएको छ । भदौ ११ गते एक सूचना जारी गर्दै लुंग्री गाउँपालिका वडा नम्बर ६ गुम्चालले उक्त कुरा जानकारी गराएको छ । गुम्चालमा भदौ १३ र १४ गते उपल्लो गुम्चालमा र थामलेकमा शिव पूजा भदौरे मेला लाग्ने भएकाले उक्त मेलामा जाड रक्सी सेवन तथा वेचविखन नगर्न सबैलाई आग्रह गरीएको छ ।

साथै वडा क्षेत्र भित्र जाडरक्सी सेवान तथा वेचविकन गरी होहल्ला गरेमा, जुवाता, खोरखोरे खेले खेलाएमा प्रचलित एैन नियम अनुसार कारर्वाही गरीने वडा कार्यालयले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ । लुङ्ग्री गाउँपालिकाको गत आर्थिक वर्षको २०७९ साल भदौ ११ गतेको कार्यपालिकाको बैठक बाट गाउँपालिकाको सात वटै वडा क्षेत्र भित्र जाडरक्सी विक्रि वितरण तथा सेवान र जवातास खेल्ने देलाउन कार्य पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार लुङ्ग्री गाँउपालिका वडा नम्बर ६ गुम्चालले पनि वडा समिति र गाउँका भद्र मलाद्मी, वुद्धीजिवी को उपस्थितिमा भाद्र ११ गते बैठक वसी उक्त निर्णय गरेको लुंग्री गाउँपालिका वडा नम्र ६ का वडा अध्यक्ष जोखबहादुर बुढाथोकी बिबेगले बताउनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array