नेकपा विप्लव समूहद्धारा एमसीसीको बिरोधमा बागमारामा प्रदर्शन

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/मालश्री खबर /  भाद्र १० गते रोल्पा ।

नेपाल कम्युनिष्ट पार्टि परिवर्तन गाउँसमितिले एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ । आइतबार परिवर्तन गाउँपालिका वडा नं ३ बागमारामा नेकपा कम्युनिस्ट पार्टी विप्लवको केन्द्रिय संघर्ष कार्यक्रम अन्तर्गत पश्चिम् रोल्पाको आयोजनामा बिरोध प्रदर्शन गरेको हो ।

नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य इरार्जन घर्ती सी,नेकपा केन्द्रिय समिति सदस्य तथा पश्चिम् रोल्पा जिल्ला सेक्रेटरी कुशल वली(सन्दिप)सी,नेकपा माडी गाउँपालिका समितिका इन्चार्ज अविरल बुढा सी,नेकपा परिवर्तन गाउँपालिका समितिका इन्चार्ज पृथ्वी डाँगी सी र नेकपा परिवर्तन गाउँपालिका समितिका सेक्रेटरी हिरालाल खड्का सी को नेतृत्वमा राष्ट्रघाती एमसीसी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको जनाइएको छ।उक्त बिरोध कार्यक्रममा राष्ट्रघाती एमसीसी विरुद्ध बिरोध प्रदर्शन लेखेको कालो ब्यानर सहित १५–२० जनाको समुहले हातमा रातो झन्डा बोकेर “राष्ट्रघाती एमसीसी खारेज गरौँ,गो व्याक अमेरिकका, एसपीपी चाहिदैन, वीर शहिद लाल सलाम, एकीकृत जनक्रान्ती सफल पारौ,राष्ट्रघाती सम्झौता खारेज गर,नेकपा जिन्दावाद“भन्ने नाराहरु लगाएका थिए ।

उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै कुशल वलीले साम्राज्यवादी दलालहरुले हाम्रो देशलाई लुट्न खोज्दै छन,हाम्रो प्राकृतिक सम्पत्तिमा आँखा लगाउन खोज्दैछन।सोही अनुरुप नेपालमा एमसीसी परियोजना ल्याउन लागेको हो।हाम्रा देशका भष्ट्र दलालहरुले केही लोभमा परेर देश बेच्न लागिपरेका छन–उनले भन्नुभयो ।

अब यो देश बचाउन राष्ट्रभक्त नेपालीहरु सडकमा आउनुपर्छ आज हामी चुप बसेयौं भने हाम्रा पुस्ताले नेपाली भएर वीर गोर्खाली भनेर बाच्न पाउने छैनन्–उनले भने।नेकपा विप्लव पार्टीले गर्ने एकीकृत जनक्रान्तिले मात्र यो देश परिवर्तन हुने अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्