Ad image

लुङ्ग्री–४ मा मदिरा तथा जुवातास निषेध

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र १० गते रोल्पा ।

लुङ्गी गाउँपालिका वडा नं ४ मा मदिरा तथा जुवातास निषेध गरिएको छ ।
लुङ्ग्री गाँउपालिका वडा न ४ अन्तर्गत साविक बडाचौर गा.वि.स. वडा नं. १, २, ३ र सिर्प गा.वि.स. वडा नं. ९ भित्र मदिरा तथा जुवातास निषेध गरिएको वडा अध्यक्ष विरबल खड्काले जानकारी दिनुभयो ।

भाद्र ८ गते देखी निषेध गरिएको सम्पुर्ण वडाबसीलाई एक सुचना मार्फत जानकारी गराएको छ । विगतका वर्ष देखी जाँडरक्सी तथा जुवातास निषेध वडा घोषणा भएता पनि हाल केहि मात्रामा जाँडरक्सी सेवन, विक्रि वितरण तथा जुवातास खेल्ने जस्ता क्रियाकलाप भईरहेको देखिएको हुँदा यी यस्था किसिमका क्रियाकलापहरु रोकथाम तथा निषेध गरिएको बताइएको छ ।

वडाले लगाएको निमयलाई पालना नगरेमा जाँड रक्सी बिक्रीवितण गर्नेलाई ५ हजार जरिवाना, जाँड रक्सी सेवन गर्नेलाई २५ हजार जरिवाना र जुवातास खेल्ने खेलाउनेलाई २५ हजार जरिवाना लागाइने बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array