नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको पूर्ण बैठक सम्पन्न

मालश्री खबर
मालश्री खबर १० भाद्र २०८०, आईतवार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर, भाद्र १० गते रोल्पा ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको पूर्ण बैठक शनिबार पुतलाचौरमा सम्पन्न भएको छ । केन्द्रको निर्देशन अनुसार ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान शनिबार देखि परिवर्तन गाउँपालिकामा सुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा परिवर्तन गाउँपालिकाका अभियान संयोजक वीर बहादुर घर्तिको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य आइपि खरेलको प्रमुख आतिथ्यता रहेको थियोे ।

अतिथीमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सल्लाहकार सदस्य जय बहादुर घर्ती, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य मौसम रोका, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य हित कुमारि बुढा, वाइसीएल नेपालका केन्द्रिय सदस्य सरिता झाक्रि मगर, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश जेष्ठ नागरिक मञ्चका सदस्य भान्सिङ बुढा र नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष सुक बहादुर बुढा मगर लगायतको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका वडा अध्यक्ष, सदस्य र कार्यकर्ताहरुको सहभागिता रहेको थियोे । कार्यक्रममा अभियानमा आएको टोलीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम सञ्चालन नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका कार्यवाहक अध्यक्ष हरिप्रसाद बुढा मगरले गर्नु भएको थियो । परिवर्तन गाउपालिका पार्टी सचिवालय टिमहरूको कार्यक्षेत्र समेत विभाजन गरिको छ ।

पार्टी पदाधिकारीहरू नामावलीः
१ नं. वडा मा वीर बहादुर खत्री नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका कोषाध्यक्ष, २ नं. वडा मा चुडामणी वली नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका सह–सचिव, ३ नं.वडा मा सुक बहादुर बुढा नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका निवर्तमान अध्यक्ष, ४ नं.वडा मा कर्ण बहादुर बुढा नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका सचिव, ५ नं.वडा मा दल बहादुर बुढा लुम्बिनी प्रदेश सल्लाहकार सदस्य र ६ नं.वडा मा हरिप्रसाद बुढा मगर नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिका कमिटीका कार्यबाहक अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

बैठकले गरेको निर्णयः
परिवर्तन गाउँपालिकामा भदौ १५ गते भित्र परिवर्तन गाउँपालिकाको सबै वडामा आन्तरिक भेला कार्यक्रम सम्पन्न गरिसक्नुपर्ने शनिबारको बैठकले निर्णय गरेको छ । अर्को ३ महिना सम्म चल्ने अभियानको भदौ १६ गतेदेखि देशव्यापी रूपमा ६ हजार ७ सय ४३ वडामा सुरु हुने र परिवर्तन गाउँपालिकामा पनि सोही अनुरुप अगाडि बढ्ने ।

प्रतिक्रिया दिनुहोस्