मालश्री खबर भाद्र ८ गते, रोल्पा ।
रोल्पाको सदरमुकाम लिबाङ स्थित एक होटलमा तास खेलिरहेको प्रहरी र स्थानियलाई पक्राउ गर्न पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली प्रक्राउ नगरि फर्किएको छ ।
फाइल तस्बिर
भाद्र ७ गते बिहिबार दिउँसो ४ः३० बजेको समयमा सदरमुकाम लिबाङ स्थित जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको चन्द्रमा होटलमा केहि स्थानिय र ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख, प्रहरी साहेक निरिक्षक दिल बहादुर शाहि लगाएत केहि प्रहरीहरुले स्थानिय ब्यतिmहरु सँग तास खेलिरहेको गोप्य सुचना आफुहरुलाई प्राप्त भएको एक प्रहरी अधिकारीले रेडियो मालश्रीलाई जानकारी दिएका छन् ।
सुचना प्राप्त पछि तास खेलिरहेको प्रहरी र स्थानियहरुलाई पक्राउ गर्न भनि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरीको एक टोली खटाएका थियौं ,तर पक्राउ गर्न खटाएको प्रहरीको टोलीले पक्राउ नगरि फर्कियो । किन प्रकाउ नगरी फर्किएको भनि बुझ्दा, प्रकाक्र गर्न भनि खटिएको प्रहरीको टोलीले तास होइन लुदो खेलेको भनि जवाफ दिएको ति प्रहरी अधिकारीले बताएका छन् ।
पक्राउ गर्न गएको प्रहरीको टोलीले आफुहरुलाई धाेका दिएको जिल्लाका एक अधिकारले बताएका छन् । तास खेलिरहेको प्रहरी र स्थानियलाई प्रकाउ गर्न भनि हामिले पठायौं, तर पक्राउ गर्न भनि खटिएर गएको प्रहरीको टोलीले उल्टै खेलिरहेको तासलाई लुकाएर लुदो खेलेको भन्दै भिडियो बनाएर फर्किए ति अधिकारीले बताए ।
आफु सँग होटल संचालकले तास खेलेको कुरा साचो भएको बताएकाे, ति अधिकारीले थपे । हामि यसका बारेमा थप अनुसन्धानमै छौं यदि तास खेलेको प्रमाणित भएमा हामि कसैलाई बार्कि नराखेर कानुन अनुसार तास खेल्नमा संंलगन प्रहरी र अन्य सबैलाई काबार्हि गछौं ति अधिकारीले मालश्री रेडियो र मालश्री खबरलाई बताएका छन् ।
आफुलाई अन्याय पर्दा न्याय खोज्न जाने निकाए बाटै यस्तो खालको हर्कत देखिनु र असमान व्यवहार हुंदा यस बारेमा जानकार रोल्पाली नागरिकहरु प्रहरी प्रसासन सँग थप ससंकित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्