Ad image

खाम भाषा नबोल्ने समाजमा खाम भाषाको बिषय पढ्नु पर्ने !

मालश्री खबर
मालश्री खबर ७ भाद्र २०८०, बिहीबार
3 Min Read
Aa

टेकेन्द्र सुवेदी सुनछहरी गाउँपालिका ५ रोल्पा। 

मानव–मानव बिच भावना वा विचार आदान प्रदान गर्ने सम्वादको माध्यम भाषा हो । भाषा यस्तो साधन हो, जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं ।

मानव बिकास क्रम संग संगै पृथक पृथक सभ्यता र संस्कृतिहरू संगसंगै भाषाका बिकास भएका हुन् । खाम भाषा रोल्पा, रूकुम, केही म्याग्दी र केही बागलुङका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा मुख्यतः ३ प्रकारका हुन्छन् । डोल्पाका मगरहरूले कैके, खाम क्षेत्रकाले खाम र अन्य क्षेत्रकाले ढूट बोल्दछन् ।

खाम भाषालाई संरक्षण र जगेर्ना गर्ने उदेश्य का साथ रोल्पा जिल्ला सुनछहरी गाउपालिकाका सामुदायिक बिद्यालयहरुमा खाम भाषा बिषय पठनपाठन गर्न सुनछहरी गाउँकार्यपालिकाले निर्णय गरेको छ ।

- Advertisement -
Ad image

आफ्नो भाषालाई संरक्षण र जगेर्ना गर्नका लागि सामुदायिक बिद्यालयहरुमा खाम भाषाको पठनपाठन गराउनु राम्रो र स्वागत योग्य पनि छ । तर सुनछहरी गाउपालिकामा मगर समुदाय मात्र छैन यहाँ खस आर्यहरुको पनि ७.१९ प्रतिशत जनसंख्या छ ।

खस आर्यको पनि समुदाय छ । खस आर्य जातिहरुले खाम भाषा बोल्दैनन । खाम भाषा खस आर्यलाई आवश्यकता पनि छैन । खस आर्यको मातृ भाषा नेपाली हो । अब खस आर्यहरूले खाम भाषा नबोल्ने समूदायमा खाम भाषा पढेर के फाइदा छ ?

यो खाम भाषाको पढाइ अन्य मगर समुदाय र खाम बोल्ने ठाउमा त सुहाउँदो होला । तर क्षेत्रीहरू मात्र बसोबास गर्ने समुदायमा खाम भाषाको पढाइ हुदा खासै फाइदा हुने देख्दिन । यो भनी रहदा खाम भाषा पढनु हुदैन भनेको होइन । भाषाको बिरोध गरेको पनि होइन । क्षेत्री समुदाय र यो बिषय पढ्न नचाहनेहरुको हकमा अर्को के बिषय पढने नि ?

केही ऐच्छिक बिषय हुनु त प¥यो नि यो खाम भाषा बिषयको ठाउँमा अर्को केही विकल्प त होला नि ? खाम भाषा बिषयको ठाउँमा अरु कुनै बिषय छैन भने, के सुनछहरी गाउकार्यपालिकाले शिक्षा नियमावलीमा स्थानिय भाषा पढाउन राख्न मिल्छ भन्ने नियम निति छ भन्दैमा निर्णय गरेर नीति नीयम बनाएर खाए खा नखाए घिच भनेको जस्तै पढे पढ नत्र अर्को बिषय छैन । यहि पढ्नु पर्छ भनेको होईन र ? यदि यो भनेको हो भने यस्को परिणाम राम्रो हुदैन ।

परम्परागत रूपमा सबै जातजाती भाषाभाषी सद्भाव पूर्ण तवरले मिलेर बसेको समाजलाई बिथोल्न र विभाजन गर्ने उदेश्यले खाम भाषा नबोल्ने समाजमा यस्ता प्रकारका एक पक्षीय नीति लागु गर्न खोज्नु आफैमा विडम्वना हो । यस्ता अदूरदर्शी कृयाकलापहरूले पक्कै पनि हाम्रो सद्भाव पूर्ण समाजलाई फाइदा पुर्याउने छैन् । बलजफ्ति तरिकाले भाषा लाद्न खोजिएको खण्डमा त्यसबाट भविष्यमा उत्पन्न हुनसक्ने परिणामको जिम्मेवार सम्बन्धित पक्षनै हुनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array