Ad image

हरियाली युवा समाज राङ्सिको तेस्रो वार्षिक उत्सव सम्पन्न

मालश्री खबर
मालश्री खबर ५ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

सुरेन्द्र वली
मालश्री खबर, भाद्र ५ गते रोल्पा ।

हरियाली युवा समाज रोल्पाको तेस्रो वार्षिक उत्सव सम्पन भएको छ । परिवर्तन गाउँपालिका २ राङ्सी जङ्लाखोला रहेको हरियाली युवा समाजको तेस्रो बार्षिक उत्सव सम्पन्न भएको हरियाली युवा समाज राङ्सी रोल्पाले जानकारी दिएको छ ।

वार्षिक उत्सवमा भएको पुरुष भलिबल प्रतियोगितामा माडी गाउँपालिका ५ भाबाङ (बाङ्गमा) प्रथम, परिवर्तन गाउँपालिका २ राङ्सी ( ओइबाङ) द्धितिय, थबाङ गाउँपालिका ३ मिरुल तितृय र परिवर्तन गाउँपालिका ४ पाछाबाङ सान्तवना भएका छन् ।

त्यस्तै सामुहिक नृत्यमा कृतिका घर्तीमगरको समूह जङलाखोला प्रथम, किशोरी समुह भलाका दितिय, रेडस्टार युवा समुह भाबाङ बाङ्गमा सान्तोना भएको छ । एकल नृत्य प्रतियोगितामा भावना घर्ती प्रथम, दिया डाँगी दितिय, बिपना डाँगी तितृय र दीक्षा वलि सान्तवना भएकी छन् ।

- Advertisement -
Ad image

हरियाली युवा समाजका अध्यक्ष प्रशान्त घर्ती को अध्यक्षतामा सुरु भएको समापन कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गाउँपालिका २ राङ्सिका वडा सचीव रेग बहादुर डाँगी रहनु भएको थियो ।

अतिथिहरुमा नेपाली काङ्ग्रेस राङ्सीका पुर्ब पार्ति सभापति बल वीर डाँगी, हरियाली युबा समाजका सल्लाकार भक्तिराम घर्ती, सामुदायिक स्वास्थ्य इकाइ केन्द्र डाडाँगाउँका अहेब खिम प्रसाद डाँगी, पत्रकार सुरेन्द्र वलि, भलाका टोल विकास संस्थाका सचिव श्याम बिक, दुइखोली दोभान आमा समूह अध्यक्ष दिपा घर्ती, स्वास्थ्य जलजला आमा समूह कोषाध्यक्ष नान कुमारी डाँगी लगायत खेलाडी, समाजसेवी बुद्धिजिवी, पत्रकार स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array