Ad image

होलेरीमा बिचौलिया कृषक र व्यापारी तरकारीसहित पक्राउ

मालश्री खबर
मालश्री खबर ४ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

बिरेन्द्र घर्ती /मालश्री खबर भाद्र ४ गते, रोल्पा ।

रुन्टिगढी गाउँपालिकामा रहेकोे होलेरी हाटबजार समितिले बिचौलिया कृषक र व्यापारीलाई अवैध तरिकाले तरकारी किन बेच गरिरहेको समयमा पक्राउ गरेको छ । भदौ ३ गते (आइतबार) हाटबजार समितिले गोप्य सुचनाका आधारमा रुन्टिगढी गाउँपालिका वडा नम्बर ८ लिबाङ टोलका बिचौलिया कृषक र व्यापारी बिच अवैध तरिकाले तरकारी किनबेच गरिरहेको समयमा पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा लिबाङ टोलका करिव १५/२० जना कृषक र स्थानीय व्यापारी कमल रोकालाई अनुमानित १०० क्यारेट टमाटर र अन्य खुर्सानी, गोपि ट्याक्टरमा लोड गरि पठाएको र बाँकी तरकारी तौलिने क्रममा तरकारी सहित पक्राउ गरिएको थियो ।

 

- Advertisement -
Ad image

पक्राउपछि हाटबजार समितिले ट्याक्टर र तरकारी सहित जफत गरि ईलाका प्रहरी कार्यालय होलेरी लाई बुझाएको थियो । त्यस प्रश्रात होलेरी हाटबजार समितीलाई व्यापारीले रु १५ हजार जरिवाना बुझाइ तरकारी र ट्याक्टर लगेको हाटबजार समितीका अध्यक्ष चन्द्र प्रकाश महराले जानकारी दिए ।

 

अध्यक्ष महराले भने– ‘हाम्रो हाट बजार विधान अनुसार संचालन हुन्छ, यदि कसैले हाटबजार समितिलाई असफल बनाउन खोजेमा कानुन बमोजिम कारबाही हुन्छ, कोहि कसैलाइ बाकी राखिन्न, कसैले पावर र पहुँचका आधारमा अबैध तरकारी किन बेच गर्ने प्रयास नगर्न चेतावनी दिन चाहन्छु ।,’

उक्त अवैध तरकारी किनबेच गर्ने कृषक र बिचौलियालाई पक्राउ गर्न हाटबजार संचालन समितीका अध्यक्ष चन्द्र प्रकाश महराको टिम ईलाका प्रहरी कार्यालय होलेरीको प्रहरी टोलि सहित उक्त स्थानमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array