Ad image

लिवाङमा हप्ताको २ दिन हाटबजार लाग्ने

मालश्री खबर
मालश्री खबर ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर, भाद्र ३ गते रोल्पा/

जिल्लाकाे सदरमुकाम लिवाङमा लाग्दै आईरहेको हाटबजार अब दुई दिन लाग्ने भएको छ । हप्ताको आईतबार र बिहिबार हाटबजार लाग्ने बताइएको छ ।

रोल्पा नगरपालिकाको आयोजना र मिलिजुली हाट बजार ब्यवस्थापन समितिको समन्वयमा प्रत्येक साताको आइतबार लाग्दै आएको हाटबजार अब साताको दुईदिन लाग्ने भएको हो ।

वर्षातको समयमा कृषकहरुलाई हुने समस्यालाइ मध्यनजर गर्दै पुरानै स्थानमा हाटबजार लाग्ने रोल्पा नगरपालिकाले जानकारी दिएको छ । हाट बजार पुरानै स्थान कारागारदेखि मुनिपटिट रहेको हाटबजार संकलन तथा वितरण केन्द्रको टहराबाट सेवा प्रवाह गर्ने बताइएको छ । साथै नगरापालिकाले सबै कृषकहरुलार्ई सोही हाटबजार सम्म कृषि उपज लैजना आग्रह गरेको छ ।

- Advertisement -
Ad image

लिवाङ आसपासका उपभोक्ताले हाटबजार बाट आफुलाई आवश्यक पर्ने कृषि उपज खरिद गर्न सक्ने नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array