Ad image

त्रिबेणी गाउँपालिका–७ मा डाँगी बन्धुहरुको भेला सम्पन्न

मालश्री खबर
मालश्री खबर ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर,भाद्र ३ गते रोल्पा ।

त्रिबेणी गाउँपालिका ७ मा डाँगी बन्धुहरुको भेला सम्पन्न भएको छ । सनिबार रोल्पाको त्रिवेणी गाउँपालिकाको तिलामा ७ नम्बर वडाभित्र छरिएर रहेका डाँगी बन्धुहरुको भेलाले सर्वसम्मत रुपामा कार्यसमिति निर्माण गरेको गंगा चिन्तित बि.एम ले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

भेलाले ११ सदस्यको कार्यसमिति चयन गरेको छ भने ५ सदस्यि सल्लाहार समिति चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा नर बहादुर डाँगी चयन हुनुभएको छ भने उपाध्यक्षमा तिर्सना डाँगी चयन हुनुभएको हो । सचिवमा निम बहादुर डाँगी, कोषाध्यक्षमा गोविन्द डाँगी रहनुभएको छ । सदस्यहरुमा सँगिता डाँगी, भूप बहादुर डाँगी, लाल बहादुर डाँगी, केशव डाँगी, मोहन कुमार डाँगी, धन बहादुर डाँगी रहनुभएको बताइएको छ ।

सल्लाहकार समितिको संयोजकमा रेशम राज डाँगी, सदस्यहरुमा रेशम राज डाँगी, ओपेन्द्र डाँगी, खेम बाबु राजा डाँगी, इर्खराम डाँगी र चित्र बहादुर डाँगी चयन हुनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array