Ad image

लिवाङ बजारलाई व्यवस्थित गर्न टोल विकास समिति गठन

मालश्री खबर
मालश्री खबर २ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

मालश्री खबर, भाद्र २ गते रोल्पा ।

रोल्पाको रोल्पा नगरपालिका वडा नम्बर ४ मा हाट बजार टोल व्यावस्थापन समितिको नयाँ पदाधिकारी चयन गरिएको छ । रोल्पा नगरपालिका ४ को बजार क्षेत्रका आफ्नो टोलहरुको संरक्षण गर्नका लागि रिक्त रहेको पदमा नयाँ समिति चयन गरिएको छ ।

आज लिवाङमा गरिएको समितिको वैठकको निर्णयबाट हाट बजार टोल व्यवस्थापन समितिको अध्यक्षमा राम बहादुर बुढाथोकी लाई चयन गरिएको हाट बजार टोल व्यवस्थापन समितिले जानकारी दिएको छ । साथै हाटबजार व्यवस्थापन समितिको सचिवमा सुवत्रा मल्ल, उपाध्यक्षमा रेवटी आचार्य, कोषाध्यक्षमा हिरा घले लाई नयाँ कार्यसमितिमा चयन गरिएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित लिवाङ बजारमा विभिन्न प्रकार गतिविधिको उचित संरक्षण र संर्वधनको लागि टोल विकास समितिले काम गर्ने हाट बजार टोल विकास समितिका अध्यक्ष राम बहादुर बुढाथोकीले बताउनुभएको छ । लिवाङ बजारलाई व्यवस्थित गर्नमा सबैको साथ सहयोग पनि अपरिहार्य रहेको उहाँले बताउनुभको छ । यस टोल विकास व्यवस्थापन समितिले लिवाङको क्षेत्रमा हुने सम्पुर्ण गतिविधिको संरक्षण र व्यवस्थापनमा सक्रिय रुपमा लाग्ने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array