Ad image

सुनछहरी गाउँपालिकाको भोलीे हुने वार्षिक सार्वजनिक सुनुवाइको सम्पुर्ण तयारी पुरा

मालश्री खबर
मालश्री खबर ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर/

श्रावण ३२ गते रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिकाले वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताएको छ । गाउँपालिकाले भाद्र १ गते (भोली) २०७९/०८० को वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा वार्षिक रुपमा सम्पन्न भएका विकास योजना, कार्यक्रम, सेवा प्रवाह, लगाएतको समग्र क्रियाकलापको वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

सुनछहरी गाउँपालिकाको बहुउदेश्यीय सभाहलमा भाद्र १ गतेको दिन आयोजना गरिएको गाउँपालिकाको वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीताको लागि सम्पुर्ण राजनैतिक दल, निर्वाजित जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, संघसंस्थाहरु, विभिन्न समिति/उपसमिति, उपभोक्ता समिति, टोल विकास संस्था, सम्पुर्ण आम नागरिक लगएत सरोकारवाला सबैलाई गाउपालिका अध्यक्ष धन बहादुर पुनमगरले अनुरोध गर्नुभएको छ ।

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्