Ad image

सुनछहरी गाउँपालिकाले वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई भाद्र १ गते गर्दै

मालश्री खबर
मालश्री खबर २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर
श्रावण २६ गते रोल्पा ।

रोल्पाको सुनछहरी गाउँपालिकाले वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले आगामी भाद्र १ गतेको दिन वार्षिक प्रगति समिक्षा तथा सावर्जनिक सुनुवाई कार्यक्रम गर्न लागेको सुनछहरी गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा वार्षिक रुपमा सम्पन्न भएका विकास योजना, कार्यक्रम, सेवा प्रवाह, लगाएतको समग्र क्रियाकलापको वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

सुनछहरी गाउँपालिकाको बहुउदेश्यीय सभाहलमा भाद्र १ गतेको दिन आयोजना गरिएको गाउँपालिकाको वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीताको लागि सम्पुर्ण राजनैतिक दल, निर्वाजित जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, संघसंस्थाहरु, विभिन्न समिति/उपसमिति, उपभोक्ता समिति, टोल विकास संस्था, सम्पुर्ण आम नागरिक लगएत सरोकारवाला सबैलाई गाउपालिका अध्यक्ष धन बहादुर पुनमगरले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array