Ad image

प्रसासनद्धारा सुलिचौर, रुइनिबाङका औषधी, खाद्यान्न तथा मदिरा पसलको अनुगमन

मालश्री खबर
मालश्री खबर २५ श्रावण २०८०, बिहीबार
5 Min Read
Aa

मालश्री खबर /श्रावण २५ गते, रोल्पा ।

सुनिलस्मृती गाँउपालिका वडा न. ३ रुइनिबाङ र वडा न. ४ सुलिचौर बजारमा सञ्चालनमा रहेका औषधी पसल, मेडिकल तथा क्लिनिकहरु र केहि खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, बिक्री गर्ने पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रसासन कार्यालय रोल्पाको अगुवाइ, स्वास्थ्य कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको समन्वय र अन्य सरोकारवाला पक्षको उपस्थितिमा अनुगमन गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदिले रेडियो मालश्री र मालश्री खबरलाई बताउनु छ ।


प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको नेतृत्वमा अनुगमन गरिएको बताइएको छ । अनुगमनका क्रममा सुलिचौर, रुइनिबाङमा संचालित केहि मेडिकल, औषधी पसल र क्लिनिकहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । मानब जिबन सँग प्रत्यक्ष जोडीएको संबेदनशिल क्षेत्र भएको हुनाले व्यवसायहरुलाई मापदण्ड पु¥याएर मात्र सञ्चालन गर्न प्रसासनले मेडिकल, औषधी पसल र क्लिनिकहरुलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

मेडिकल, औषधी पसल र क्लिनिकहरुले सेवाग्राहीहरु लाई औषधी बिक्री पछि अनिबार्य बिल दिनु पर्ने, अस्पताल तथा क्लिनिकहरुमा मापदण्ड बमोजिम कर्मचारीहरु राख्न र सोही अनुसार सेवा प्रवाह गर्न, व्यावसायीक प्रमाण–पत्रहरुलाई फ्रेमिङ गरि पसलमा सबैले देख्ने गरि राख्न, म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै राख्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले दिनु भएको छ ।

- Advertisement -
Ad image

सुलिचौर, रुइनिबाङमा रहेका औषधी पसल, मेडिकल तथा क्लिनिकहरु जिबन अनमोल हस्पिटल (अनमोल मेडीकल हल), जनसेवा मेडीकल हल, दोभान फार्मेसी, न्यू नेश्नल मेडिकल हल र पुनम फार्मेसीको अनुगमन गरिएको बताइएको छ ।

अनुगमनको क्रममा केहि व्यवसायीहले क्लिनिकमा औषधीको मूल्यसूची नराखेको, व्यवसायी दर्ता प्रमाण पत्रहरु सक्कल देखाउन नसकेको, जस्को नाममा मेडिकल, औषधी पसल र क्लिनिक दर्ता छ त्यो व्यतिm नभई अरुले नै व्यावसाय सञ्चालन गरेको पाइएको छ । न्यू नेश्नल मेडिकल हलले फार्मेसीको मात्र दर्ता गरे किल्निक सञ्चालन गरेको पाइएको हुनाले न्यू नेश्नल मेडिकल हललाई किल्निक संचालनमा रोक लगाइएको छ । हस्पिटलको मापदण्ड पुरा नगरि दर्ता बिना हस्पिटल संचालन गरेको पाइएको हुनाले जिबन अनमोल हस्पिटल प्रालीलाई संचालनको लागी आवश्यक पर्ने प्रमाण ७ दिन भित्र प्रसासनमा पेश नगर्दा सम्म बन्द गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदिले जानकारी दिनु भएको छ ।

अन्य केहि संचालनको मापदण्ड पुरा नगरेमा मेडिकल, औषधी पसल र क्लिनिकहरुलाई ३ दिन ७ दिनको समय दिएर प्रसासणमा सबै कागजात पुरा गरि उपस्थित हुन निर्देशन गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदिले जानकारी दिनु भएको छ । केहि औषधी पसलहरुले बिरामि चेकजाँच गरेको पाइएको हुनाले कि किल्निकको छुट्टै अनुमति लिएर बिरामीको चेकजाँच गर्न नत्र औषधीमात्र बेच्न भनिएको अनुगमन टोलीको एक सदस्यले बताएका छन् ।

त्यस्तै साइन बोर्ड नराखेको, म्याद सकिएका औषधीहरुको छुट्टै नराखको समेत पाएको अनुगमन टोलीले बताएको छ । यस्तो गर्ने औषधी पसल, मेडिकल तथा किल्निकहरुले प्रशासनले तोकिएको समय भित्र मापदण्ड पुरा गरेर मात्र औषधी पसल, मेडिकल तथा किल्निकहरु संचालन गर्न दिइने निर्देशन गरिएको अनुगमनका एक सहभागिले बताएका छन् ।
३ देखि ७ दिन भित्र यस्तो मापदण्ड पुरा नगरी संचालन गर्नु परेको लिखित कारण सहित प्रसासनमा पेश गर्न भनिएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नु भयो यो पहिलो पटक भएको हुनाले केहि सामान्य कम्जोरीहरुलाई आगामी दिनमा सुधार गर्नको लागी छुट गरिएको छ, अर्को पटक पनि यस्तै समस्या देखिएमा सिधै त्यस्तो गर्ने औषधी पसल, मेडिकल तथा क्लिनिक र खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थका पसलहरुलाई सिल गरिने बताउनु भएको छ ।

अनुगमन टोलीले आज बिहिबार नै सुलिचौर रुइनिबाङमा रहेका केहि खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, बिक्री गर्ने पसलहरुको पनि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी प्ररमानन्द घिमिरे बताउनु भएको छ । खाद्य तथा किराना, मदिरा तथा पेय पदार्थ, बिक्री गर्ने केहि पसलहरुमा भेटिएको केहि म्याद गुज्रीएको अखाद्य बस्तुहरु जफत गरिएको बताइएको छ । र आगामी दिनमा यस्तो म्याद गुज्रीएको अखाद्य बस्तुहरु पसलमा नराख्न र बिक्री नगर्नको लागी चेतावनी समेत दिएको प्रजिअ घिमिरेले बताउनु भयो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक श्याम कुमार शारुमगर, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुवेदी, सुनिलस्मृती गाँउपालिका स्वास्थ्य शाखा संयोजक मोतिम आलम, घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कार्यालय प्रमुख तारा प्रसाद शर्मा, लगाएत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array