Ad image

रोल्पा नगरपालिकाले मिल्क कोरिडोर निर्माण गर्ने

मालश्री खबर
मालश्री खबर २५ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, श्रावण २५ गते, रोल्पा ।

रोल्पा नगरपालिकाले मिल्क कोरिडोर निर्माण गर्ने जनाएको छ । कृषिमा आत्मनिर्भर नगरबासी बनाउने अभियान स्वरुप विभिन्न प्याकेजहरु अघि सारीरहेको समेत बताएको छ । सोहीअनुसार नगरपालिकाले यस आर्थिक वर्षमा शुरुवात गर्न लागेको मिल्क कोरिडोरका लागि छिटटै पहल थाल्ने निर्णय गरेको हो ।

 

बुधबार नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले रोल्पा नगर पालिकाको वडा नम्बर १, २ र ७ लाई छोएर मिल्क कोरिडोर बनाउने बताउनु भएको छ । जसका लागि जर्सीगाई वितरण गर्ने निर्णय गरीएको बताउनु भयोे । यस्तै नगर डेरीमा दुध ल्याउने कृषकहरुका हकमा प्रदान गरिने दानामा अनुदान दिने, कोल्डस्टोर निर्माणका लागि शुरुवात गर्ने र कृषि एम्बुलेन्स खरिदका लागि प्रकृया अघि बढाउने भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array