Ad image

प्रदेश सभापती पुनले रिचि दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्था बारे अस्पताल पुगि लिए जानकारी

मालश्री खबर
मालश्री खबर २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

लोकेन्द्र चन्द /श्रावण २४ गते रोल्पा ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं संविधानसभा सदस्य अमरसिंह पुनले मंगलबार त्रिबेणि गाउँपालिका वडा न. ७ रिचि रोल्पामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटी उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सभापति पुनले दुर्घटनामा परि घाइते भएकाहरूको समग्र पछिल्लो स्वास्थ्य बारे चिन्ता र चासो दिदै उनिहरुको स्वास्थ्य लाभको कामना गर्नु भयो । सभापति पुनले बिरामीको उपचारमा कुनै कमि नहु नदिन समेत अस्पताल प्रसासनलाई आग्रह गर्नु भएको छ ।

सभापति पुनले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेलाई घाइतेहरूको उपचारमा सहजीकरण गर्न अनुरोध गर्दै केही समस्या परे थप सल्लाह सहित अगाडि बढ्न आग्रह गर्नु भएको छ । यस घटनाको उद्धार, राहत र पुनःस्थापनमा सहयोग गर्ने सम्पूर्णमा पुनले आभार समेत व्यक्त गर्नु भएको छ ।

- Advertisement -
Ad image

पुनको साथमा रहनु भएका रोल्पा जलजला यातायात प्राली रोल्पाका अध्यक्ष तेज बिक्रम रावतले पनि घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा प्रत्यक्ष खटेर सहयोग गरि राख्नु भएको छ । अध्यक्ष रावतले दुर्घटनामा परि घाइते भएकाहरुको र मृतकका परिवारले पाउने सेवा सुबिधामा प्रालीले कुनै पनि कन्जुस्याई नगरि सहयोग गर्ने समेत बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array