Ad image

बस दुघर्टनामा ४ जनाको मृत्यु १९ जना घाइते पुरा बिबरण सहित

मालश्री खबर
मालश्री खबर २३ श्रावण २०८०, मंगलवार
3 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर श्रावण २३ गते, रोल्पा ।

रोल्पामा बस दुर्घटना हुदाँ एकै घरका श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका ४ का गोरख डाँगी र उनकी श्रीमती हस्ता डाँगी, परिवर्तन गाउँपालिका ३ का भक्तबहादुर बि.क र माडी गाउपालिका २ का प्रकाश बाँठा रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भएको छ ।

दुर्घटनमा परी ३ जना गम्भीर गाइते भएका छन् । गम्भीर गाइते हुनेमा रोल्पा नगरपालिका ६ दार्बोटका २५ बर्षिय ममानसिंह घर्र्तित, माडी गाउँपालिका २ घर्तिगाउँका बर्ष २० का जितेस वाँठा र त्रिवेणी गाउँपालिका २ नुवागाउँकी १७ वर्षिय पुर्णीमा बुढा रहेका छन् ।

- Advertisement -
Ad image

अन्य घाइते हुनेहरुमा माडीगाउँपालिका ६ बस्ने १४ वर्षका नविन बुढा, त्रिवेणी गाउापालिका ७ छम्पासुनारी का ६२ वर्षिय कमान सिह सुनार, माडी गाउँपालिका ४ का ९ वर्षिय मिलन डाँगी, माडी गाउँपालिका ६ कोर्चबाङका वर्ष १५ का मुकेश पुन र २३ वर्षिय हिमानी घर्ति र उनी ११ महिने छोरा ओल्सन घर्ति, माडी गाउँपालिका ४ का २६ वर्षिय कविता खड्का र उनका ५ वर्षिय छोरा युस खड्का, सोही ठाउँकी २६ वर्षिय मिना डाँगी, माडी गाउँपालिका २ घर्तिगाउँकी २८ वर्षिय तिरपना वाँठा, परिवर्तन गाउँपालिका ३ का २४ वर्षिय खुम्बु बुढा, त्रिवेणी गाउँपालिकाकी १३ वर्षिय सुस्मिता बुढा, माडी गाउँपालिका २ की वर्ष ४० की बिर्जना घर्ति, माडी गाउँपालिका २ घर्तिगाउँका २४ वर्षिय कमल खड्का, रोल्पा नगरपालिका ६ दारबाटका वर्ष २४ का इन्द्रकुमार घर्ति, घोराही उपामहानगरपालिका १२ हापुरका २४ वर्षिय चालक हुमराज बस्नेत रहेका छन् ।

घाइतेहरुको उपचारको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिस्ठान घोराही लगिएको प्रजिअ घिमेरेले बताउनु भएको छ । मृतकको सब पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याइएको छ । चालकको लापरवाहीको कारणले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको घटना स्थलमा पुग्नु भएका प्रजिअ घिमिरेले बताउनु भयो । चालक र सहचालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनामा परेकाहरुको उद्धार कार्य भने सकिएको छ ।

मंगलबार (आज) परिवर्तन गाउँपालिकाको बागमारा देखि दाङको घोराही तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै रिची भन्ने स्थानमा दुर्घटना भएको हो । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।
बस के कारणले दुर्घटना भएको हो भनी छानबिन गर्नको लागि ३ सदस्यीय छानबिन समिति समेत गठन गरीएको प्रजिअ घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array