Ad image

रोल्पामा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा सक्रियता बढाउदै

मालश्री खबर
मालश्री खबर २३ श्रावण २०८०, मंगलवार
3 Min Read
Aa

लोकेन्द्र चन्द / श्रावण २३ गते, रोल्पा ।

रोल्पामा ट्राफिक प्रहरीले ठुला तथा साना सवारी साधन दुर्घटना न्यूनिकरणका लागि गाडी चालक, सहचालक र यात्रुहरुलाई रोकेर केहि समय प्रशिक्षण दिएर चेकजाँच गर्ने कार्यलाई सक्रियता बढाएको छ ।

मंगलबार ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार नबिन भण्डारीको नेतृत्वमा खटिएको ट्राफिक प्रहरीको टोलिले रोल्पा नगरपालिका वडा न. २ कालोपहिरा नजिकैको चेकमा सिट क्षेमता भन्दा बढी गाडीमा यात्रु राख्ने, गाडीको कागजात नबोक्ने र लाइसेन्स भएका गाडी चालक र गाडी धनिलाई केहि समय रोकेर प्रशिक्षण दिनुका साथै अब यस्तो गल्ती नदो¥याने प्रतिबद्धता गराई नियम अनुसारको जरिमाना गरेर छोडीएको ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

चेकजाँचको क्रममा अधिकांस गाडीहरुले गाडीको सिट क्षेमता भन्दा धेरै यात्रु राखेको, कागजात, सवारी लाइसेन्स नबोकेको, चालकले चप्पल लगाएको, कतिपय गाडीहरुको ऐन, वायफर नभएको पाएको समेत ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार नबिन भण्डारीले जानकारी दिनु भएको छ ।

चालक र सहचालकहरुलाई ट्राफिक नियमको कडाईका साथ पालना गर्न आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी हवल्दार भण्डारीले बताउनु भएको छ ।
गाडी गुडाउनु अगाडी गाडी सहि कन्डिनमा भए नभएको चेक गरेरमा गुडाउनु पर्ने बताउनु भएको छ । चालकको सानो लापरबाहिले कयौंले अकालमै ज्यान गुमाउनु पर्ने र ठुलो धनजनको क्षती हुने भएको हुनाले गाडी धनि, चालक र सहचालक सबै होसियार हुन सुझाब दिनु भएको छ ।

गाडीको समय–समयमा टायरको अबस्था, वायपर, ब्रेक, मोभिल, इञ्जिन आयल, पत्ता, अन्य इन्जिन, आदिको राम्रो सँग चेक गरेर, मादक पदार्थ सेवन नगरि कम स्पिडमा सवारी साधन गुडाउन गाडीको नियमित सर्भिसिङमा हेलचक्रयाइ नगर्न हवल्दार भण्डारीले सबैलाई आग्रह गर्नु भएको छ । आफ्नो गाडीको पार्टको लाइफ साइकल कति हो भन्नेमा समेत ध्यान दिनुपर्ने बताउनु भएको छ ।

भण्डारीले चालकहरूलाई तिब्र गतिमा सवारी नचलाउन, थकान तथा तनावको बेलामा सवारी नचलाउन, गलत तरिकाले ओभर टेक नगर्न, यात्रुहरूलाई सभ्य व्यवहार गर्न समेत सुझाब दिनु भएको छ ।

ट्राफिक प्रहरी हवल्दार भण्डारीले यात्रुहरुले सकभर गाडीको कन्डिसन बुझेर यात्रा गर्नु पर्ने बताउनु भएको छ । गाडीको सिट क्षमता भन्दा बढी कोचाकोच गरेर यात्रा नगर्न, गाडिको छटमा, गल्लीमा र ढोकामा उभिएर पनि यात्रा गर्न समेत सुझाब दिनु भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्

Array