Ad image

बागमारा देखि घोराही जाँदै गरेको बस त्रिवेणी ७ रिचीमा दुर्घटना

मालश्री खबर
मालश्री खबर २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

मालश्री खबर श्रावण २३ गते, रोल्पा ।

रोल्पामा बस दुर्घटना भएको छ । परिवर्तन गाउँपालिकाको बागमारा देखि दाङको घोराही तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै रिची भन्ने स्थानमा दुर्घटना भएको हो । बस माेडबाट करिब १०० मिटर तल खसेकाे छ ।


उद्धारको लागि शसस्त्र प्रहरी, नेपाल प्रहरी र एम्बुलेन्सलाई घटनास्थल तर्फ पाठाइएको प्रमुख जिल्ला अधिकार परमानन्द घिमिरेले जानकारी दिनुभएको छ । बागमाराबाट १५ जना यात्रु लिएर हिडेको बसमा बाटोमा अन्य यात्रुहरु पनि थपिएको हुने सक्ने बताइएको छ । बस मोड बाट सिधै तल खसेको हुनाले मानविय क्षति हुन सक्ने अनुमान गरीएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array