Ad image

स्वास्थ्य कार्यालय रोल्पा र नगरपालिकाले बिश्व स्तनपान सप्ताह मनाए

मालश्री खबर
मालश्री खबर २२ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

मालश्री खबर, श्रावण २२ गते रोल्पा/

विश्व स्तनपान सप्ताह रोल्पा नगरपालिका वडा न. १ र ४ ले हजार दिने आमाहरु सम्मिेलित सचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । दिवसको रुपमा मनाइने स्तनपान सप्ताह हरेका बर्ष अगष्ट १ देखी ७ तरिक सम्म सप्ताहव्यापी रुपमा मनाउने गरिन्छ ।

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चतता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नारासहित स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा रोल्पा नगरपालिकाको वडा नम्बर १ मेबाङको वडा कार्यालय र वडा नम्बर ४ को स्वास्थ्य कार्यालयमा अन्तरकृया तथा पैरवी कार्यक्रम आइतबार सञ्चालन गरिएको थियो ।

कार्यक्रममा रोल्पा नगरपालिकाका स्वाथ्य शाखा सह–संयोजक नैना घर्तिले स्तनपानको महत्व, स्तनपानको सही आसन र सम्पर्क, पुर्ण स्तनपानबाट आमा र बच्चालाई हुने फाईदा लगाएको बिषयबस्तुमा प्रकाश पार्नु भएको थियो ।

- Advertisement -
Ad image

वडा नम्बर १ मेबाङको कार्यक्रममा ४४ जना हजार दिने आमा र बच्चाको उपस्थित रहेको थियो भने वडा नम्बर ४ को कार्यक्रममा ३८ जना हजार दिने आमा र बच्चाको उपस्थित रहेको थियो ।

स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख बिशाल सुबेदीको अध्यक्षतामा सुरुभएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका जनस्वाथ्य अधिकृत कृष्ण प्रसाद पोख्रेल ले गर्नुभएको थियो । कार्यक्रममा सुनौला हजार दिने आमा र बच्चा, स्वास्थकर्मी, स्वास्थ्य स्वयमसेविका, लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array