Ad image

नेपाली कांग्रेस रोल्पाको सांगठनिक सुदृढीकरणका लागि ‘‘बिशेष आन्तरिक अभियान” सुरु

मालश्री खबर
मालश्री खबर २० श्रावण २०८०, शनिबार
5 Min Read
Aa

भरत विश्वकर्मा/ श्रावण २० गते लिवाङ रोल्पा ।

नेपाली कांग्रेस रोल्पाले आन्तरिक सांगठन सुदृढीकरणको लागि “विशेष आन्तरिक अभियान’’ सुरु भएको छ । नेपाली कांग्रेस रोल्पाको पाटी कार्यालयमा शनिबार एक कार्यक्रमको बिच उक्त अभियानको सुरु गरिएको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।


नेपाली काग्रेस रोल्पाका पार्टी सभापती किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि एंव पाटीका आमन्त्रित केन्द्रिय सदस्य मोहनसिंह राठोर रहनु भएको थियो कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनमगर रहेको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाको आयोजना र नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार आन्तरिक संगठन सुदृढीकरणका लागि श्रावण २० गतेदेखि ३० गते सम्म “विशेष आन्तरिक अभियान” सुरु गर्ने निर्णय बमोजिम नेपाली कांग्रेस रोल्पाले पनि उक्त अभियान सुरु गरेको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ । दश दिनसम्म सञ्चालनमा रहने कार्यक्रममा विशेषगरि नेपाली कांग्रेस पार्टी रोल्पाको बर्तमान अवस्था, भावी कार्ययोजना लगाएत पार्टीको विविध गतिविधीका विषयमा समिक्षाका साथै पार्टीको समग्र अवस्थाको बारेमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँकार्यसमिति, वडा कार्यसमितिसँग बिषेश रुपमा समिक्षा गरिने भएको छ ।

- Advertisement -
Ad image

नेपाली कांग्रेस पार्टीको केन्द्रीय निर्णय अनुसार सुरु भएको आन्तरिक संगठन सुदृढीकरणको लागि ‘‘विशेष आन्तरिक अभियान” को लागि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले प्रतिनिधि खटिएर आएको नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले जानकारी दिनुभएको छ । नेपाली कांग्रेस पार्टीको रोल्पाको अवस्था, जिल्लाको बर्तमान गतिविधि लगाएत विविध विषयवस्तुको बारेमा केन्द्रीय प्रतिनिधि र प्रदेशबाट खटिएका प्रतिनिधिहरुले यहाँको अवस्था टिपोर्ट गरेर केन्द्र र प्रदेशका लैजाने बताइएको छ ।

नेपाली कांग्रेस पार्टीले रोल्पा जिल्लाको पाटीको अबस्था बुझ्न र केन्द्रको पाटीको निर्देशन र सर्कुलरलाई तल्लो तह सम्म लैजानको लागी नेपाली कांग्रेसका आमन्त्रिक केन्द्रिय सदस्य मोहनसिंह राठोर खटिएर आउनु भएको छ । त्यस्तै प्रदेश सभा क मा प्रदेश सदस्य टेकनारायण भुषाल र प्रदेश सभा ख मा सुवास केसि खटिएर आएको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि एवम् पुुर्व आमन्त्रित सदस्य मोहनसिंह राठोरले कार्यक्रममा बोल्दै पार्टीले आन्तरिक संगठन सुदृढीकरणको लागि सञ्चालन गरेको अभियान विशेष गरि पार्टीलाई सम्पुर्ण गतिविधिमा बलियो बनाउन छलफल र बहस हुने बताउनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “परिवर्तनका लागि नेपाली कांग्रेस पार्टीले गरेको इतिहास कायम छ त्यसलाई पछ्याउदै जानुपछ ।” त्यसकारण उहाँले इतिहासलाई सामना गर्दै वर्तमान समयमा नेपाली कांग्रेस पार्टी विगतका गल्ति तथा कमजोरी लाई सच्याउदै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेसको संगठनलाई सुदृढीकरण गर्नका लागि पार्टीमा भएको नातावाद, कृपावाद लाई अन्त्य गर्न संगठनलाई बलियो बनाउनु पर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले विशेष गरि नेपाली कांगेस पार्टीको केन्द्रीय समितिले गरेको निर्णयहरुलाई सबै जिल्लाहरुले कार्यान्वयन गर्नु पर्ने बताउनु भएको छ । पार्टीको संगठनलाई बलियो बनाउनको लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनको समयमा गरेका घोषण–पत्र बमोजिम जनताको अपेक्षा, चाहानाहरुलाई सम्बोधन गरे नगरेको बारेमा बिशेष समिक्षा गरिने बताउनु भयो ।नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम यो अभियान सञ्चालन गर्दै गर्दा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय समितिले तयार पारेको कार्यविधि अनुसार नेपाली कांग्रेस रोल्पाले अभियान कार्यन्वयन गर्नको लागि पार्टी सकृय रहने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पार्टीले सञ्चालन गरेको अभियान वडा पालिका तहदेखि जिल्ला सम्म कांग्रेसलाई बलियो बनाएर जानको लागि सक्रिय रहने बताउनुभएको थियो । आफु बलियो भए कसैको पनि भरमा पर्नु नपर्ने कुरा बताउदै कांग्रेस पार्टीलाई बलियो बनाएर अगाडी बढ्नको लागि भातृ संगठनलाई बलियो बनाएर जाने कुरो बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापती भुबन प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारयण भुसाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालयका मुख्य सचिब मोहनराज शर्मा, नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आचार्य, नेपाली कांग्रेस रोल्पाका पुर्ब पदाधिकारीहरुको तर्फ बाट पुर्ब पाटी सचिब प्रबता जित बिक्रम मल्ल लगाएले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा अभियानमा खटिएर आउनु भएका प्रदेश प्रतिनिधी, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सदस्यहरु, महासमिती महाधिसन प्रतिनिधी, क्षेत्रिय कार्यसमितिका पदाधिकारी सदस्य, गाउँपालिका सभापती, वडा सभापती नेपाली कांग्रेसको बिभिन्न भातृ तथा शुभेच्छुक संघ संगठनका प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको खुल्ला छलफलमा बोल्ने अधिकांस ब्यतिहरुले पाटीमा पछिल्लो समय नाताबाद र कृपाबाद मैलाउदै गएको, इमान्दार नेता कायकर्ता भन्दा पनि खुरापात र चाप्लुसि गर्नेले अवसर पाउने गरेको, निर्बाचित जनप्रतिनीहरु जनपक्षिय काम नगरेर आफु खुशि चलेको लगाएतका गुनासो गरेका थिए ।

नेपाली कांग्रेस रोल्पाका पार्टी उपसभापति कविता उपाध्ययको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस पार्टी रोल्पाका पाटी सचिब तिल बहादुर बुढाथोकिले गर्नु भएको थियो । कार्यक्रममा केन्द्र र प्रदेशले जिल्लाको लागी गरेको निर्देशन र सर्कुलर पढेर पाटीका जिल्ला सचिब सेर बहादुर थापाले जानकारी गराउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array