Ad image

नगरपालिकाले स्वीकृत विना सूचनाहरु प्रकाशन तथा प्रसारणमा रोक लगायो

मालश्री खबर
मालश्री खबर १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

हिमा खड्का/ मालश्री खबर,
श्रावण १९ गते रोल्पा ।

रोल्पा नगरपालिकाले नगरपालिकासँग सम्बन्धित सूचनाहरु स्वीकृत विना प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । रोल्पा नगरपालिकासंग सम्बन्धित सूचना, शुभकामना, सन्देश, विज्ञापन, जनहितमा जारी सन्देश लगायतका नगरपालिकासंग सम्बन्धित सबै खालका सूचनाहरु लिखित सम्झौता तथा पुर्व स्वीकृत बिना प्रकाशन तथा प्रसारण्न नगर्न सुचित गरेको छ ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली द्वारा हस्ताक्षरित सुचानामा भनिएको छ,– लिखित सम्भौता तथा पुर्व स्वीकृत विना सूचनाहरु प्रकाशन तथा प्रकाशन गरेमा सिर्जित आर्थिक दायित्व वहन गर्न नगरपालिका जिम्मेवार नहुने र त्यस्तो रकम भुक्तानी समेत नगरिने बताइएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array