Ad image

सेवा निवृत्त भएका स्वास्थ्यकर्मीलाई सुनिलस्मृति गाउँपालिकाले बिदाई गर्यो

मालश्री खबर
मालश्री खबर १९ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, श्रावण १९ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले अनिवार्य अवकाशका कारण सेवा निवृत्त हुनुभएका २ जना स्वास्थ्यकर्मीलाई बिदाई गरेको छ । खुङ्ग्र्री स्वास्थ्य चौकीमा कार्यरत तुलाराम बुढा र गजुल स्वास्थ्य चौकीमा कार्यरत याम बहादुर सुवेदीलाई आज एक कार्यक्रमका बिच बिदाई गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

बिदाई हुनभएका याम बहादुर सुवेदी अहेब छैटो तहबाट र तुलराम वुढा अहेब पाचौ तहबाट अवकाश हुनुभएको हो । तुलाराम बुढा ३२ बर्ष भन्दा बढी स्वास्थ्यकर्मी भएर रोल्पाको बिभिन्न ठाउँमा सेवा गर्नुभयो । उहा २०४६ साल कार्तिक ३ गते सेवामा प्रबेश गनुभएको हो । रोल्पाको सेरम स्वास्थ्य चौकी, घोडागाउँ स्वास्थ्य चौकी र अन्तिममा खुङ्ग्री स्वास्थ्य चौकीबाट २०७९ साल भाद्र २९ गने अनिवार्य अवकाश हुनुभयो ।

- Advertisement -
Ad image

त्यस्तै यामबहादुर सुवेदीले पनि स्वास्थ्यकर्मीको भएर ३३ बर्ष भन्दा बढि सेवा गर्नुभयो । २०४६ साल असोज ३ गतेबाट सेवामा प्रबेश गर्दै रोल्पाको जिनाबाङ स्वास्थ्य चौकी, जेलबाङ स्वस्थ्य चौकी र अन्तिममा गजुल स्वास्थ्य चौकी बाट २०८० श्रावण २ गतेबाट अनिवार्य अवकाशका हुनुभएको थियो ।

त्यस्तै कार्यालय सहयोगी गनेश्वर खत्रीलाई पनि बिदाई गरिएको छ । स्वास्थ्यमा समस्याको कारण भौतिक रुपमा उपस्थित नभएपनि उहाँलाई आज नै बिदाई गरिएको छ । प्राथमिक स्वास्थ्य चौकी सुनिचौरमा कार्यरत गनेश्वर खत्री कार्यलय सहयोगीको रुपामा २६ बर्ष सेवा गरि २०८० साल बैशाख ४ गते अवकाश हुनुभयो ।

तिनै जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई एकैसाथ आज बिदाई गरेको सुनिलस्मृति गाउँपालिकाका कम्प्युटर अप्रेटर आशिष भारद्धाजले जानकारी दिनुभयो । बिदाई कार्यक्रममको अध्यक्षमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेल रहनुभएको थियो । गाउँपालिकाका स्वस्थ्या शाखाका उपप्रमुख सरिता कुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख रणबिर बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array