Ad image

लुम्बिनी कांग्रेसले प्रशिक्षण दिदै, कार्यक्रमलाई डा. शेखरले सम्बोधन गर्ने

मालश्री खबर
मालश्री खबर १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/ श्रावण १९ गते रोल्पा ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार दाङको भालुबाङ स्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।


लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधि सभा क्षेत्रीय सभापति र ५२ प्रदेश सभा क्षेत्रीय सभापतिको लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताउनु भयो । नवलपरासी (पश्चिम) मा आयोजना गरिने प्रशिक्षणलाई बरिस्ठ नेता डा. शेखर कोइराला लगायतका शिर्ष नेताहरू सम्बोधन गर्नेछन् ।

समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताउनु भयो । प्रशिक्षण पश्चात् पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनले बताउनु भयो । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्टी बैठक सन्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।

 

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array