Ad image

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिताका लागि ४ नं. वडा कार्यालय सुलिचौरको आग्रह

मालश्री खबर
मालश्री खबर १८ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

मालश्री खबर,
श्रावण १८ गते रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिका लागि ४ नं. वडा कार्यालयले सवैमा आग्रह गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई यहि श्रावण २२ गते गर्दैछ ।

गाउँपालिकाको केन्द्र सुनिलस्मृति गाउँपालिका वडा नं. ४ सुलिचौर एलिशा होटेलमा कार्यक्रममो आयोजकना गरिको गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रममा उपस्थितिका लागि वडा कार्यालयले वडाका निर्वाचित जनप्रतिनिधिहरु, निवर्तमान जनप्रतिनिधिहरु, राजनीतिक दल, पत्रकार, नागरिक समाज, संघसंस्थाहरु, विभिन्न उपभोक्ता समिति, टोल विकास संस्था लगायत सम्पूर्ण आम नागरिकहरुलाई आग्रह गरेको छ ।

सुलिनस्मृति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ओविलाल वस्नेत द्धारा हस्ताक्षेरित सुचनामा श्रावण २२ गते विहान ठिक १०ः३० वजे कार्यक्रम स्थलमा उपस्थित हुन अनुरोध गरिएको छ । उत्त दिन सम्पन्न हुने सार्वजनिक सुनुवाई कार्यक्रमलाई लक्षित गरेर वडामा सुझाव संकलन कार्यक्रम पनि गरि सकेको वडा अध्यक्ष वस्नेतले जानकारी दिनु भएको छ । सुझाव संकलन कार्यक्रममा वडा भित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, वुद्धिजिवि, समाजसेवि ब्यापारी लगायतको उपस्थिति रहेको वडा कार्यालयले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array