Ad image

टोल बिकास समितिको अगुवाईमा केवरीमा करिब ११ किलोमिटर बाटो मर्मत

मालश्री खबर
मालश्री खबर १८ श्रावण २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, श्रावण १८ गते रोल्पा ।

परिवर्तन गाउँपालिका ३ उपल्लो केवरीमा सडक, नाला, गोरेटो बाटो मर्मत एवं सरसफाइ गरिएको छ । टोल बिकास समितीका अध्यक्ष रण बहादुर चन्दको नेतृत्वमा श्रावण १६ र १७ गते सरसफाई गरिएको हो ।

वडा नम्बर ३ उपल्लो केवरीमा रहेका बावु समुह, आमा समुह, टोलबिकास सस्थाका पदाधिकारी, युवा सन्जाल, शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजिवी र स्थानियको सक्रियतामा सरसफाई गरिएको टोल बिकास समिती अध्यक्ष रण बहादुर चन्दले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका वडा नम्बर ३ अन्र्तगत रहेको सुवाखोला देखी इरिबाङ डाडाँ सम्म करिब ६ किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, सडक तलमाथीको झाडी हटाइ मर्मत गरिएको छ ।

त्यस्तै टोल बिकास समितिको अगुवाईमा माथिल्लो केवरी थुनिकोट वडा कार्यालय जोड्ने गोरेटो बाटो, तल्नडेरा पाङ्गरखोला देखी छहराखोला धुम्का सम्म करिब ५ किलोमिटर गोरेटोलाई पनि मर्मत गरिएको छ । गोरेटो बाटो साघुरो रहेको स्थानमा चौडा बनाउने, अप्ठेरो स्थानमा ढुङ्गाको गारो लगाउने, बाटो तलमाथीको झाडी हटाइएको बताइएको छ ।

सधै स्थानिय सरकारको मुख ताक्नु भन्दा आफुले गर्न सक्ने र समाज मिलेर गर्न सक्ने काम आफै गर्न सके आफ्नै टोलको बिकास हुने टोल बिकास समिती अध्यक्ष रण बहादुर चन्दको बताउनुभयो । गाउँ टोल सफा राख्न समाज संग सरोकार राख्ने सबै पक्षको दायित्व भएकोले सबै मिलेर २ दिन सम्म करिब ११ किलोमिटर भन्दा बढि सडक र गोरेटो बाटोको सरसफाई एंम मर्मत गरिएको चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array