लोकेन्द्र चन्द /मालश्री खबर, श्रावण १७ गते रोल्पा
रोल्पाको एक मात्र उद्योग, रोल्पा सिमेन्ट उद्योग प्रालिको फेरी लाइन काटिएको छ । सिमेन्ट उद्योगले लामो समय देखि विद्युत महशुल नतिरेको भन्दै विद्युत वितरण केन्द्र रोल्पाले बैशाख ३ गते पहिलो पटक लाईन काटिएको थियो । पहिलो पटक लाइन काट्दा सिमेन्ट उद्योग ८ करोड ४४ लाख रकम बिधुत महशुल तिर्न बाकि रहेको थियो ।
पहिलो पटक लाइन काटिए पछि रोल्पा सिमेन्ट उद्योग प्रालिले बैशाख १२ गते १ करोड २० लाख रकम बिधुत महशुल बुझाएको थियो । अरु बाकि तिर्नु पर्ने रकम प्रत्येक महिना किस्तामा तिर्ने दुई पक्षको सहमति अनुसार पुनः बिधुत लाइन जडान गरिदिएको नेपाल बिधुत वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख इन्जिनियर अशेश्वर साहले बताउनु भयो ।
सम्झौता अनुसार रोल्पा सिमेन्ट उद्योग प्रालिले पछिल्लो दुई महिना देखि फेरी बिधुत महशुल तिर्न छोडे पछि आफुहरु बाध्य भएर उद्योगको लाइन काटेको साहले बताउनु भयो । अहिले श्रावन ३ गते सम्म रोल्पा सिमेन्ट उद्योग प्रालिले बिधुत प्राधिकरणलाई तिर्नु पर्ने बाकि महशुल रकम ७ करोड १८ लाख ३५ हजार भन्दा बढी भएको नेपाल बिधुत वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख इन्जिनियर अशेश्वर साहले बताउनु भएको छ ।
पटक-पटक तोकेता गर्दा पनि अटेरी गरि महशुल नबुझाए पछि श्रावन ३ गते फेरी रोल्पा विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाले रोल्पा सिमेन्ट उद्योग प्रालिका लाईन काटेको वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख आसेश्वर शाहले बताउनु भयो ।
बाँकी बक्यौता नतिरे सम्म लाइन नजोडिने समेत उहाले बताउनु भयो । साना ग्राहकहरुको मात्र लाइन काट्ने तर ठुला ग्राहकहरुको लाइन नकाट्ने भन्ने गुसानो आए पछि आफुहरु लाइन काट्न बाध्य भएको कार्यालय प्रमुख शाहको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्