Ad image

वडा अध्यक्ष पुनको अगुवाईमा पाङको अबरुद्ध सडक खुलाईयो

मालश्री खबर
मालश्री खबर १७ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

 

उमा बस्नेत/ मालश्री खबर, श्रावण १७ गते रोल्पा

बर्षादका कारण करिव १५ दिन देखि अबरुद्ध भएको सडक वडा अध्यक्षको अगुवाई खुलाईएको छ । लुंग्री गाउँपालिका वडा नम्बर १ पाङका अध्यक्ष गणेश पुनको अगुवाईमा श्रावण १६ गते पाङ देखि सुलिचौर रुइनिबाङ सम्म आउने सडक बाटोको मर्मत गरीएको हो ।

  

- Advertisement -
Ad image

अविरल वर्षाका कारण पाङका सडमा ठाउँ–ठाउँमा खाल्डा खुल्डी परेको थियो । सडक मर्मत कार्यमा वडा अध्यक्ष गणेश पुन, वडा सदस्यहरु, गाडी धनी, व्यापारी र स्थानियहरुको उपस्थितिमा सडक मर्मत गरीएको बताइएको छ ।

अहिले उक्त सडकमा सवारी आवत जावत गरीरहेको अध्यक्ष गणेश पुनले जानकारी दिनु भएको छ । अबरुद्ध सडक खुलेपछि पाङका स्थानीयहरु खुसी भएका छन् । अध्यक्ष पुन शारिरीक रुपमा अशक्त समेत हुनुहुन्छ ।

मालश्री खबर

प्रतिक्रिया दिनुहोस्