Ad image

राेल्पामा एक किशोर ओच्छ्यानमै मृत फेला

मालश्री खबर
मालश्री खबर १७ श्रावण २०८०, बुधबार
1 Min Read
Aa
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

उमा बस्नेत
मालश्री खबर श्रावण १७ गते रोल्पा ।

रोल्पामा एक किशोर मृत फेला परेका छन् । मृत्यु हुनेमा रोल्पको रुन्टीगढी गाउँपालिका वडा नम्बर १ का कमल चन्दका छोरा नन्दलाल चन्द रहेका छन् ।

बुधबार (आज) साढे १ बजेको समयमा आफ्नै घरमा मृत फेला परेका हुन् । उनी ओच्छ्यानमै मृत अवस्थामा फेलापरेको मृतकका दाई टेकबहादुर चन्दले इलाका प्रहरी कार्यालय होलेरीलाई जानकारी दिएका थिए । खबर पाए लगतै अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मधुसुधन वि.कको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ गएको थियो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट नन्दलालको करिब एक हप्ता अगाडी नै मृत्यु भएको आँकलन गरीएको छ । मृतकको मानसिक सन्तुलन गुमेको, मृतकको घरमा मानसिक सन्तुलन ठिक नभएका आमा र माईलो दाई बस्दै आएको, अन्य छरछिमेकीसँग समन्वय नगर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

- Advertisement -
Ad image

मृतकका बुवा भने रोजगारीको शिलशिलामा भरतमा छन् । मृतकको सबलाई पोष्टमार्टमको लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको प्रहरीले जनाएको छ । मृतकको थप अनुसन्धान भईरहेको छ ।

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
मालश्री खबर

प्रतिक्रिया दिनुहोस्