मालश्री खबर, श्रावण १७ रोल्पा ।
सामुदायिक रेडियो मालश्रीका अध्यक्ष विश्वकुमार चन्द नेपाल उद्योग महासंघ–कृषि उद्यम केन्द्रको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका निवर्तनमान अध्यक्ष समेत रहनु भएका चन्दलाई श्रावण १० गते कृषि उद्यम केन्द्रको आमन्त्रित सदस्यमा मनोनित गरीएको हो ।

नेपाल उद्योग महासंघ–कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडी बढाउने र कृषि उद्याम केन्द्रलाई कृयाशिल बनाउने कार्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास सहित नेपाल उद्योग वाणिज्य महासंघले चन्दलाई आमन्त्रित सदस्यमा मनोनित गरेको बताएको छ ।
चन्द रोल्पा उद्योग वाणिज्य संघमा सदस्य देखि अध्यक्ष सम्मको यात्रा निकै चाखलाग्दो रहेको छ । उहाँ २०६५ जेठ २१ र २२ गते पाचौँ साधारण सभा तथा चौथो अधिवेशनबाट सदस्यमा निर्वाचित हुनभयो भने २०६८ भाद्र २६ र २७ गते आंठौ साधारण सभा तथा पाँचौ अधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित हुनु भयो । त्यस्तै चन्द २०७१ साल चैत १६ र १७ गते एघारौ साधारणसभा तथा छैटौ अधिवेशनबाट उपाध्यक्ष बन्दै २०७५ वैशाख ३ र ४ गतेको चौधौँ सधारण सभा तथा सातौ अधिवेशनबाट सर्बसहमत अध्यक्षमा निर्वाचित हुनुभएको हो । चन्दले ०७८ साल सम्म रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो ।
चन्द रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको अध्यक्ष पदमा रहेर काम गर्दा रोल्पाली ब्यापारीहरुको हितमा रहेर महत्वपुर्ण र सबैले सधै सम्झन लाएक काम गरेको भन्दै अहिले पनि रोल्पाली व्यापारीहरुले चन्दकोे खुलेर प्रसंसा गरेको पाइन्छ ।
हक्की र निडर स्वभावका चन्द पछिल्लो समय सामाजिक र राजनितिक क्षेत्रमा रहेर सक्रिय रुपमा समाज सेवाको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्