Ad image

हाटबजार संचालनमा आउदा रुन्ढीगढीका किसान हर्षित, टमाटरले पायो राम्रो भाउ

मालश्री खबर
मालश्री खबर १६ श्रावण २०८०, मंगलवार
3 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर श्रावण १६ गते रोल्पा

टमाटरको सोचेभन्दा बढी भाउँ गएपछि यतिबेला रुन्टीगढीका किसान खुसी छन् । रुन्टीगढी गाउँपालिकाको हालेरीमा हाटबजार संचालनमा आउँदा टमाटरको भाउँ राम्रो गएको कृषकहरुले बताएका छन् ।

अहिले हाटबजारमा टमाटरले किलोमा १ सय ४५ रुपौयाँ सम्मको भाउ पाउने गरेकोे छ । हाटबजार सञ्चालनमा नआउदा किसानले प्रति केजी ३०–३५ मा टमाटर बेच्नु पर्दा किसान मारमा परेका थिए । हाटजार संचालनमा आउँदा टमाटरको भाउ प्रति केजी न्यूनतम १२५ देखि बढीमा १ सय ४५ सम्म जाने गरेको भन्दै किसान हर्षित भएका हुन् ।

- Advertisement -
Ad image

कृषकले उत्पादन गरेको टमाटर, बन्दागोभी, फूलगोभी, भेडे खुर्सानी, मसिनो खुर्सार्नी, अकवरे खुर्सानी, सिमि, कागती, मुला, नास्पती, साग, धनीयाँ लगाएत अन्य उत्पादित कृषि उपजहरु हाटबजारमा ल्याउने गरेका छन् । भैरहवा, बुटवल, भालुवाङ, लमही, घोराही, नेपालगञ्ज, प्युठान लगाएत अन्य ठाउँका व्यापारीले हाट बजारसम्म आई कृषि उपज खरिद गरी लैजाने गरेको हाट बजर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर महराले बताउनु भयो ।

किसानले उत्पादन गरेको वन्दागोभीको थोक मूल्य २५ देखि ३० सम्म, फूल गोभीको २० देखि ३० सम्म, भेड र मसिनो खुर्सार्नीको ६० देखि ७० सम्म, अकवरे खुसार्नीको १ सय २०, सिमिको ५५ देखि ७० सम्म मूल्य जाने गरेको महराले बताउनु भयो ।

२०५६–५७ सालमा होलेरीमा स्थापना भउको हाटबजार करिव १–२ वर्ष सम्म सञ्चालन भई बन्द भएको थियो । ‘स्थानिय व्यापारीले सिन्डिकेट लागए, त्यस पछि बाहिरका व्यापारीहरु आउन सकेनन् । किसानले उत्पादन गरेको कृषि उपज पनि गाउँ–गाउँ मै गएर स्थानिय व्यापारीले नै लिन थाले । किसानले हाट बजार सम्म कृषि उपज ल्याउन सकेनन् । त्यसैले बाहिरका व्यापारी आउन छोडे । व्यापारी आउन छोडे पछि संचालन भईरहेको हाट बजार पनि बन्द भयो’ हाट बजार व्यवस्थापन समितिका अध्यक्ष महराले भन्नुभयो ।

लामो समय सञ्चालनमा आउन नसकेको हाट बजार पालिका तथा विभिन्न संघ संस्था र स्थानियको सहयोगमा यहि असार ३० गते देखि सञ्चालनमा आएको थियो ।

रुन्टीगढी गाउापालिकाको १० लाख, डिकोस÷समुन्नति परियोजाको १० लाख, रुडास/गोल/दोस्रो परियोजनाको ८ लाख, रुडास/परक्याप परियोजनको ३ लाख र उपभोक्ताको जनश्रम ३ लाख ९९ हजार ३ सय ३५ रुपौया गरी जम्मा रु ३४ लाख ९९ हजार ३ सय ३५ रुपैया लागतमा होलेरी कृषि हाटबजार संकलन केन्द्र निर्र्माण गरीएको थियो । रुन्टीगढी गाउापालिका वडा नम्बर ७ होलेरीमा सञ्चालन भइरहेको हाटबजारबाट लाभान्वित घरधुरीको संख्या ४ सय २५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array