उमा बस्नेत/
मालश्री खबर श्रावण १६ रोल्पा
सुनिलस्मृति गाउँपालिकाले गाउँपालिकाको लिखित सम्झौता तथा पूर्व स्वीकृती वा सम्झौता विना नै गाउँपालिकासँग सम्बन्धीत सूचना तथा विज्ञापन छपाई र प्रशारण नगर्न आग्रह गरेको छ । सूचना, सञ्चार र छापा सम्बन्धी सेवा प्रदायक सबैलायाई गाउँपालिकाले श्रवाण १५ मा एक सूचना निकाल्दै उक्त कुरा जानकारी गराएको छ ।
सुनिलस्मृृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलद्धारा हस्ताक्षरीत सूचनामा गाउँपालिकासँग सम्वन्धित सूचना, शुभकामना सन्देश, विज्ञापन, जनहितमा जारी सन्देश एवम् अय विषयहरु समेटिएका सूचना प्रकाशन तथा प्रसारण गर्दा गाउँपालिकासँग लिखित सम्झौता तथा पूर्व स्वीकृति लिनु पर्ने बताइएको छ ।
गाउँपालिकाको पूर्व स्वीकृती वा सम्झौता विना सूचना प्रकाशन तथा प्रसारण वपत सिर्जित आर्थिक दायित्व गाउँपालिकाले वहन नगर्ने जनाएको छ । साथै त्यस्ता सूचना प्रकाशन तथा प्रसारण वापतको रकम समेत भुक्तानी नगर्ने सूचनामा बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्