Ad image

रोल्पाको परिवर्तन गाउँपालिकामा शिक्षा र स्वास्थ्यका लागि धेरै प्रोत्साहन, कृषिलाई प्राथमिकता

मालश्री खबर
मालश्री खबर १६ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

 


मालश्री खबर साउन १६ गते , रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा धेरै सुधार गरेको छ । शिक्षा र स्वास्थ्यमा सुधारका लागि धेरै राहत र उत्प्रेरणाका कार्यक्रमहरु लागू गरिएको गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

346116327_1324244124970480_8832461765363283707_n.jpg

नेपाली रेडियो नेटवर्कले सुरु गरेको पालिका वसहमा उहाँले विद्यालय समायोजनको अभियान चलाउदै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिलाउन कार्यविधि नै पारित गरेको बताउनु भयो ।

- Advertisement -
Ad image

 

उहाँका अनुसार परिवर्तन गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क एम्बुलेन्स सेवा र ६० बर्षदेखि माथिका वृद्ध वृद्धाको निःशुल्क स्वस्थ्य परिक्षणको व्यवस्था गरिएको छ ।

 

गाउँमा स्वास्थ्य, शिक्षा र कृषिका लागि दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाका एमबीबीएस, बिएससी कृषि, पशु चिकित्सा, गणित र विज्ञान विषयमा स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको उहाँको भनाई छ ।

 

कृषि तथा पशुपालनलाई नै गाउँपालिकाको मुख्य आधार मानेर पालिकाले कृषिमा युवालाई आकर्षित गर्न २ बर्षसम्मको लागि एकमुस्ट ब्याज लिने गरेर सापटी ऋषि दिने गरेको छ । राम्रो गर्ने युवाको ऋष अनुदानमा परिणत हुने ग रेको छ भने राम्रो नगर्न नसक्नेलाई दिइएको सापटी फिर्ता लिने गरिएको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

 

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले कृषि उपजहरुलाई बजारसम्म लैजानका लागि कृषकहरुलाई ढुवानीमा अनुदान दिने गरिएको बताउनु भयो । कृषकहरुलाई रसायनीक मलभन्दा प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गरिएको उहाँको भनाई छ । NepaliNetwork

प्रतिक्रिया दिनुहोस्

Array