Ad image

आलु खेती बाट राम्रो आम्दानीगर्दै गंगादेवबासी

मालश्री खबर
मालश्री खबर १६ श्रावण २०८०, मंगलवार
5 Min Read
Aa

हिमाली खड्का/ मालश्री खबर साउन १६ गते , रोल्पा ।

 

भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी हो आलु । तर आलुमा पनि आत्मनिर्भर हुन नसक्दा यसको आयात बढ्दै गएको छ । भारत, पेरु, बङ्गलादेश, चीन, दक्षिण कोरिया, नेदरल्याण्ड, सिंगापुर, बेलायतलगायतका देशबाट नेपालमा आलु आयात हुने गरेको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो ६ वर्षमा एक खर्ब भन्दा धेरैको आलु आयातभएको छ । तर ग्रामिण क्षेत्रका किसानलाई व्यावसायिक आलु खेतिमा जोड्न सके आयात घटाउन सकिने सम्भावना देखिएको छ । रोल्पागंगादेवका किसान आलु खेतिबाटै राम्रो आम्दानीगर्न सफल छन् ।

- Advertisement -
Ad image

माघ–फागुनमा आलु रोपेका किसानलाई जेठ अन्तिमबाटै अहिले सम्मआलु खन्न र बेच्नभ्याई नभ्याई भएको छ । कतै ताजाआलु खनेर बोरामा प्याकिङ गरिरहेका हुन्छन् त कतै आलु गाडिमा लोड गर्नकालागी रोड सम्मबोरा ओसार्नमा दौडधुप गरिरहेका हुन्छन् ।गंगादेव ३ का सीता केसीलाई पनि अहिले आलु खन्ने चटारो छ ।विहानै देखि बारीमा आलु खनिरहेकी के.सी भन्नु हुन्छ, आम्दानीको एक मात्र स्रोत भनेकै आलु हो, अहिले हामीलाइ आलु बेच्न भ्याइनभ्याइ छ ।” उहाँ जस्तै गंगादेव ३ कीपार्वती केसीलाई पनि वर्षभरीका लागि घर खर्च चलाउन आलु खेतिकै भर छ । यतिबेला उहाँ आलु खन्न र बेच्नमा ब्यस्त हुनुहुन्छ । उहाँले भन्नु भयो, हामिले घर खर्चचलाउने भनेकै आलुबाट हो । आलु उत्पादनगर्न सकियो भने किन्न व्यापारीहरु घरमै आउछन् बेच्नको लागीकुनै चिन्ता छैन उहाले भन्नुभयो ।”

त्यतिधेरै दुःखपनीनहुने छोटो समयमै आलु उत्पादन हुने र आम्दानी पनी राम्रो हुने भएपछि गंगादेवका सम्पुर्ण किसानहरु आलु खेतीतर्फ निक्कै आर्कषित छन् । गंगादेव गाउँपालिकामा हिउदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुने गर्दछ । सिचाइ पुर्वाधार हुने ठाउमा, माघको पहिलो हप्ता देखि आलु खेतीगर्ने प्रचलन रहेको छ भने सिचाइ पर्याप्त नुहने ठाउँमा फागुन अन्तीम र चैतको पहिलो हप्तातिर खेतीगर्ने चलन छ । गंगादेवमा पहिले भन्दा अहिले अझआलु उत्पादन प्रति किसानको लगाव बढेको छ । छोटो समयमा ९०दिनमा फल्ने आलु किसानको लागी रोजाइ भएको छ ।

 

आलुको उत्पादन बढाउँनको लागी गंगादेव गाउँपालिका लागी परेको छ । झन गंगादेव गाउँपालिकाको वडा नं. ३ आलुको लागी  अब्बल मानिन्छ । बिशेष गरी यहाँका किसानले आलुलाई नगदे बालीकै रुपमा लिएर कामगर्न थालेका छन् । गंगादेव गाउँपालिकाका हरेक घरमा थोरैमा ३० देखि धेरैमा २ सय २० क्वीन्टल सम्म आलु उत्पादन हुन्छ । जेठ पहिलो साता देखि साउन पहिलो साता सम्म गंगादेवबाट करिब १९ हजार क्वीन्टल आलु बाहिरिएको छ । यसपालीगंगादेवमाकरिब ४० हजार क्वीन्टल फलेको र असोजसम्ममा सबै आलु बाहिरी सक्ने गाउँपालिकाको अनुमान रहेको गंगादेव गाउँपालिका कृषिबिकास शाखाप्रमुख टिकारामवलीले बताउनु भयो । उहाँले भन्नुभयो  “गंगादेव गाउँपालिकामा आलु उत्पादनको लागी राम्रो सम्भावना छ । यो पटक आलु विक्रीबाट करिव गंगादेवमाकरिव १२ करोड रुपैँया आम्दानी हुने अपेक्षा गरिएको कृषि शाखा प्रमुख वली बताउनुहुन्छ ।”

यहाँको आलु दाङ, बुटवल, पोखरा र विशेष गरी काठमाण्डौमा मागहुने गरेको छ। गंगादेव गाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटार सगं समन्वय गरेर यो भन्दा पहिले देखिनै कामगर्दै आएको र अहिले पनीगतवर्ष २०७९–०८० देखि नैव्यवसायीक आलु पकेट बिकाश क्षेत्र निर्धारण गरेर कार्यक्रम सुचारु गर्दै आइरहेको छ । आव २०८०–०८१ कालागी पनी गंगादेव गाउँपालिकाले आलु सम्वन्धी विज्ञ लिएर तालिम संचालन गर्ने बताएको छ ।

गंगादेव गाउँपालिकामा आलु विउको लागी रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको विउ सुधारको लागी विभिन्न खालका रष्ट्रिक स्टोर अर्थात आलु भण्डारण घर निर्माण गर्ने र किसानहरुलाई विउ सुधारको लागी नयाँ आलुको मुल तथा उन्नत विउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य राखेको गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनले बताउनु भयो । यसका साथै सबै ठाउँमा सिचाईका पुर्वाधारहरु पुर्याउने लक्ष समेत राखेको बताउनु भयो ।उहाँले भन्नुभयो, गंगादेवगाउँपालिका कृषिको लागी राम्रो सम्भावना भएको हुदा कृषिलाईनै विशेष प्राथामिकता दिने बताउनु भयो । व्यावसायिक आलु खेतीकै कारण लुम्बिनी प्रदेशभरी यतिबेला गङ्गादेव गाउँपालिकाको चर्चा छ । यति सम्मकि प्रदेश सरकारले नमुनागाउँ रुपमा आलु उत्पादन प्रविधिलाई अवलम्बन गर्दै नीतिगत हिसाबले अन्य जिल्लामा पनि आलु खेतिको योजना समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array