Ad image

रोल्पाको सुलिचौरमा तिजको नाँचगानमा प्रतिबन्ध

मालश्री खबर
मालश्री खबर १४ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर,

श्रावण १४ गते ।

सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर ४ को वडा कार्यालय सुलिचौरले तिजको नाँचगान गर्नमा प्रतिबन्ध लगाएको छ ।

वडा कार्यालयले आज (आइतबार) एक सुचना सार्वजनिक गर्दै तिज आउन लामो समय भएको कारण लामो समय अगाडीनै तिजको नाँचगान गर्दा समाजमा विकृती, विसंगतीको साथै विद्यार्थीको पढाईमा समेत असर पुग्ने भएकोले श्रावण १० गते बसेको वडा समितिको वैठकले यस्तो निर्णय गरेको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडा ओविलाल बस्नेतले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

तिजको नाँचगान भदौको ११ गते सम्म नर्गनको लागि वडा कार्यालयले टोल विकास संस्थाहरु, लगाएत सम्पुर्णलाइ आफ्नो टोलहरुमा तिजको नाँचगान गर्न नदिनको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array