Ad image

राेल्पामा बिषालु च्याउँको सेवनबाट बिरामी भएका थप एक जनाको मृत्यु

मालश्री खबर
मालश्री खबर १३ श्रावण २०८०, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा/मालश्री खबर,

श्रावण १३ गते रोल्पा ।

रोल्पामा बिषालु च्याउँको सेवनबाट बिरामी परेका मध्ये एक जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ बुझिङ निवासी २६ बर्षिय बिमला विकको उपचारको क्रममा लुम्विनी सीटी हस्पिटल वुटवलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

गत असार २६ गते बिषालु च्याउँ खाएर सोही ठाउँका एकै परिवारका २६ बर्षकी बिमला विक, ७ बर्षकी रोशनी विक, २४ बर्षकी दिलमाया विक (दिल्कु), ६ बर्षकी आकृती विक, र २३ बर्षकी ऋतु विक बिरामी परेका थिए । बिरामी परेकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको थियो । त्यहा उपचार सम्भब नभएपछि थप उपचारको लागि लुम्विनी सि.टि. हस्पिटल वुटवल रुपन्देहीमा रिफर गरेको तर त्यस तर्फ नगई आर्थिक व्यवस्थापन गरि उपचार गर्न जाने भनि घर तर्फ फर्किएका उनिहरुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारको लागि असार ३१ गते लुम्विनी सिटि हस्पिटल वुटवल रुपन्देहीमा गएका थिए ।

२६ बर्षिय बिमला विकको आज (श्रावण १३ गते) उपचारको क्रममा बिहान करिब ५ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

बिषालु च्याउँको सेवनबाट बिरामी भएका सोही परिवारकै ७ बर्षकी बालिका रोशनी विकको श्रावण २ गते उपचारकाे क्रममा मृत्यु भएको थियो । भने यसअघि असार २५ गते बिषालु च्याउँ खाएर बिरामी परेका सोही ठाउँका एकै परिवारका तिन जनाको पनि उपचारको क्रममा मृत्यु भएका थियो । मृत्यु हुनेमा ३५ वर्षीया भिमा गुरुङ, ११ वर्षको सुशील गुरुङ र ६ वर्षको प्रेम गुरुङ रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array