Ad image

होलेरी बजार क्षेत्रमा सीसी क्यामेरा जडान

मालश्री खबर
मालश्री खबर १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर श्रावण १२ गते रोल्पा ।

रुन्टीगढी गाउँपालिकाले होलेरी बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरेको छ । गाउँपालिकाको भवनदेखी भित्री बजार हुदै जुर्नेटा डाँडासम्मका बिभिन्न ठाउँहरुमा आठओटा क्यामेरा जडान गरिएको रुन्टीगढी गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्रमा हुने सडक दुर्घटना, चोरीका घटनाहरु पत्ता लगाउन सहज हुने र बजारको सुरक्षाको लागि लागि बजारका विभिन्न भागहरुमा सीसी क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनुभयो ।

बजारको सबै क्षेत्रलाई समेटिएको र सीसी क्यामेराको मोनिटरको रेखदेख र सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय होलेरीलाई दिइएको अध्यक्ष पुनले बताउनुभयो ।

- Advertisement -
Ad image

बजार क्षेत्रमा सीसी क्यामेरा जडान भएसंगै बजारका पसलहरु सुरक्षा, बजारमा जुनसुकै समयमा हिड्न सहज, अपराधिक कृयाकलाप पहिचान गर्न, सडक दुर्घटना पहिचान गर्न स्थानीय प्रहरीलाई सहज हुने बताइएको छ ।

गाउँपालिकाको ५ लाख रुपैयाँ बजेटबाट बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array