Ad image

जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले ढाकियो

मालश्री खबर
मालश्री खबर १० श्रावण २०८०, बुधबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
श्रावण साउन १० गते रोल्पा ।

रोल्पाको जलजला समय अनुसार फरक फरक दृश्य देखिने गर्दछ । जस अनुसार रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले यतिबेला ढाकिएको छ ।

जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका,सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ । जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ।जलजला पुग्न विभिन्न मार्गहरु प्रयोग गर्न सकिन्छ ।

- Advertisement -
Ad image

हरेक बर्षको साउने पूर्णिमा अर्थात जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पुजा लाग्ने गर्दछ । पुजामा जिल्ला भित्र मात्र नभई छिमेकी जिल्ला रुकुम, सल्यान, प्युठान, दाङ र बागलुङ लगाएत अन्य जिल्लाहरु बाट पनि पुजा गर्न र घुम्न आउने गरेको पाइन्छ । जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो । जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो।अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ । तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको जस्तो महशुस गर्न सकिन्छ ।

अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन् । जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मान्नीने गर्दछ । जलजलामा घोरल, थार, मृग, बँदेल, भालु जस्ता जङ्गली जनावर समेत पाइने गर्दछ । साथै धुपी, बाँज, सेतो गुराँस, लाली गुराँस, भोजपत्र, लेकाली सल्ला लगाएत वनस्पति तथा थुप्रै जडिबुटी समेत पाइन्छ ।

यस्तै डाँफे, मुनाल, कालिज, बाघ, भालु लगाएत पंक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ । युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिदै आएको छ । आफ्नो पहिचान,बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको द्दश्य शब्द र तस्वीरले वर्णन गर्न सकिदैन । महिनैपिच्छे जलजलाको फरक फरक द्दश्यावलोकन गर्न सकिन्छ ।

फागुन, चैत, बैशाखमा लाली गुराँसले ढक्कमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ । असार, साउन, भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले सिंगारिन्छ।जलजला सयौं बुकी फूलहरुले सजिएको छ ।

फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुञ्जायमान गराईदिन्छ।जलजलाको दलदल गर्ने घाँसे मैदानमा आन्नद लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ।जलजलाको ऐतिहासिक महत्त्वसँगै धार्मिक महत्त्व पनि उत्तिकै छ ।

    

प्रतिक्रिया दिनुहोस्

Array