Ad image

रोल्पाको त्रिवेणी गाउँपालिका–२ रामपुरमा पोखरीमा डुबेर बालकको मृत्यु

मालश्री खबर
मालश्री खबर १० श्रावण २०८०, बुधबार
1 Min Read
Aa

हिमा खड्का
मालश्री खबर श्रावण १० गते रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ नुवागाउँ रामपुरका खिम बहादुर बि.क.का २ बर्षिय छोरा टोप बहादुर बि.क. को आज (बुधबार) बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

बिहानको साढे ९ बजेको समयमा आमा निशानि बि.क.ले घरमा खाना पकाउदै गरेको समयमा छोरा टोप बहादुर बि.क. घर देखी ६० मिटर टाढा खेल्ने क्रममा सिचाई पोखरीमा डुबेर घाइते भएका थिए । घाइते बालकको स्वास्थ्य चौकी होलेरी रोल्पामा उपचारको क्रममा साढे १० बजे मृत्यु भएका प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

मृतकको बुवा अध्ययनको शिलशिलामा दाङ बस्दै आएका छन । थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array