Ad image

गैर आवासीय नेपाली संघ न्युयोर्क च्याप्टरको सदस्यमा रोल्पाका टीका बहादुर थापा निर्वाचित

मालश्री खबर
मालश्री खबर ८ श्रावण २०८०, सोमबार
4 Min Read
Aa

भरत बिश्वकर्मा
मालश्री खबर, श्रावण ८ गते ।

गौर आवासीय नेपाली संघ न्युवर्क च्याप्टर (एन.आर.एन.ए) को सन् २०२३ जुलाई २२ र २३ मा भएको निर्वाचनमा रोल्पाका युवा, समाजसेवी तथा रोल्पा अमेरिका समाजका अध्यक्ष टीका बहादुर थापा ‘टेकेन्द्र’ निर्वाचित भएका छन् ।

टीका बहादुर थापाले समाजमा लामो समयदेखि स्वतन्त्र गैरराजनीतिक तवरले समाजको हरेक क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आउनु भएको थियो । उहाँले कोभिडको महामारीमा, आगलागी पीडितको लागि, गरिब तथा असहाय बालबालिकाका लागि, वैदेशिक रोजगारी शिलसिलामा अलपत्र परेका जो कोहिलाई पनि अनबरत सहयोग गर्दैै आउनुभएको थियो । यसका साथै आफ्नो जन्मभूमीको हितमा विद्यालय क्षेत्र, विभिन्न क्लब र केही अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सकारात्मक तवरले अपेक्षित परिवर्तनका निमित्त धेरै सहयोग गर्दै आउनु भएको थियो ।

- Advertisement -
Ad image

थापाले उम्मेद्वारी दिएकाहरु मध्ये सबैभन्दा बढी ८१६ मतका साथ निर्वाचित भएको जानकारी दिएका छन । साथै उहाँले आफुलाई निर्वाचनमा सहयोग गर्नुभएका सम्पूर्ण न्युयोर्क बासी नेपालीहरुलाई अमुल्य भोट गरि बिजय गराउन सहयोग प¥याएको भन्दै धन्यवाद प्रकट गर्नुभएको छ । साथै निर्वाचन भए पश्चात आफुले निर्वाचनमाको समयमा घोषणा गरेका प्रतिबद्धता बमोजिम काम गर्ने बताउनुभएको छ ।

रोल्पा जिल्लामा रहेका विभिन्न विद्यालय तथा युवा क्लवहरु मध्य चन्द्र प्रभा मा वि, मिझिङ रोल्पा, ज्योती आधारभूत विद्यालय सेवार रोल्पा, गोकुल मा. वि. शिर्प रोल्पा, खुमेल मा. वि रोल्पा, चत्तुर्भुज युवा क्लब खुंग्री रोल्पा, देविस्थान युवा क्लब मिझिङ्ग रोल्पा, इतिहास निर्माण स्मृति युवा क्लब गजुल, रोल्पा लगायतका क्षेत्रमा थापाले सहयोग गरिसकेका छन् ।

थापाले अमिसरा स्मृति हेल्प फाउन्डेशन मार्फत थापाले गरेका सकारात्मक कार्यहरु
– लुङ्ग्री गर्मी – एयरपोर्ट जोड्ने रेलिङ सहितको पक्की पैदल बाटो, सार्वजनिक प्रतिक्षालय र पानीधारा निर्माण, लुंग्री – ५ रोल्पा । रु.२६ लाख ४७ हजार १ सयभ ५५ रुपैंया बराबरको
– श्री चन्द्र प्रभा उच्च मा.वि., मिझिङ्ग रोल्पालाई रु १ लाख ०५ हजार सहयोग
– श्री ज्योती आधारभूत विद्यालय, सेवार रोल्पालाई रु ७० हजार सहयोग
– श्री गोकुल मा.वि., शिर्प रोल्पालाई रु ५० हजार सहयोग
– श्री खुमेल मा.वि., रोल्पालाई रु ५० हजार सहयोग
– श्री चत्तुर्भुज युवा क्लब, खुंग्री रोल्पालाई ५० हजार सहयोग
– श्री योङ्ग व्योयाय्ज, सुलिचौर, रोल्पालाई रु ५० हजार सहयोग
– देविस्थान युवा क्लब मिझिङ्ग रोल्पालाई रु २५ हजार सहयोग
– इतिहास निर्माण स्मृति युवा क्लब गजुल, रोल्पालाई रु ५ हजार सहयोग
– रोल्पा तेवाङ्ग धारा टोल वीर बहादुर थापा आगलागी पिडितलाई १५ हजार सहयोग
– फगाम रोल्पा आगलागी वडा अध्यक्षकोपिडितलाई २५ हजार सहयोग
– थवाङ्ग रोल्पा शंकर झाँक्री मगर आगलागी पिडितलाइ रु २५ हजार सहयोग
– दिलिप राना बचाऊ अभियानमा सहयोग संकलन गरि पठाएको रु २ लाख ५० हजार सहयोग
– साहित्यकार प्रेमप्रकाश मायालु (गीत प्रकाशनमा सहयोग) रु  २५ हजार सहयोग
– वामदेव रोका (स्वास्थ्य उपचार सहयोग) रु २५ हजार सहयोग
– लोक केसी, (अन्तर्राष्ट्रिय खेलकुदमा सहयोग ) रु २५ हजार सहयोग
– आगोले जलेकी बालिकालाई इन्द्रेणी कार्यक्रम मार्फत रु ५ हजार ५ सय ५५ रुपैँया सहयोग
– कोभिड महामारीमा सक्रियताका साथ सहयोग संकलन, साझा प्रयास समुहलाइ रु २ लाख २० हजार सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

यो समाचार प्रसारण प्रकाशन गर्नु गरेमा समाचारको श्रोत खुलाउनु होला ।

प्रतिक्रिया दिनुहोस्

Array