Ad image

लिबाङमा संचालित मेडिकल, औषधी पसल र क्लिनिकहरुको अनुगमन

मालश्री खबर
मालश्री खबर ८ श्रावण २०८०, सोमबार
4 Min Read
Aa

भरत बिश्वकर्मा
मालश्री खबर श्रावण ८ गते रोल्पा ।

रोल्पाको लिबाङ बजारमा सञ्चालनमा रहेका औषधी पसल, मेडिकल तथा क्लिनिकहरुको अनुगमन गरिएको छ । जिल्ला प्रसासन कार्यालय रोल्पाको अगुवाइ, स्वास्थ्य कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वय र अन्य सरोकारवाला पक्षको उपस्थितिमा अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको नेतृत्वमा अनुगमन गरिएको रेडियो मालश्री र मालश्री खबरलाई बताइएको छ ।

अनुगमनका क्रममा रोल्पाको सदरमुकाम लिबाङमा संचालित मेडिकल, औषधी पसल र क्लिनिकहरु केहि मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । मानब जिबन सँग प्रत्यक्ष जोडीएको संबेदनशिल क्षेत्र भएको हुनाले व्यवसायहरुलाई मापदण्डको आधारमा सञ्चालन गर्न प्रसासनले मेडिकल, औषधी पसल र क्लिनिकहरुलाई आग्रह गरेको छ ।

- Advertisement -
Ad image

अनुगमनका क्रममा मेडिकल, औषधी पसल र क्लिनिकहरुले सेवाग्राहीहरु लाई बिल दिने व्यवस्था मिलाउनु पर्ने, अस्पताल तथा क्लिनिकहरुमा मापदण्ड बमोजिम कर्मचारीहरु राख्न र सोही अनुसार सेवा प्रवाह गर्न, व्यावसायीक प्रमाण–पत्रहरुलाई फ्रेमिङ गरि पसलमा सबैले देख्ने गरि राख्न, म्याद गुज्रिएका औषधीहरुलाई पसल बाट हताउनको लागी निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले दिनु भएको छ ।

अनुगमनको क्रममा धेरै जसो व्यवसायीहले आफ्नो क्लिनिकहरुमा औषधीको मूल्यसूची नराखेको, व्यवसायी दर्ता प्रमाण पत्रहरु सक्कल नराखेको पाइएको छ । त्यस्तै साइन बोर्ड नराखेको, म्याद सकिएका औषधीहरुको छुट्टै नराखको समेत पाएको अनुगमन टोलीले बताएको छ । यस्तो गर्ने औषधी पसल, मेडिकल तथा क्लिनिकहरुले प्रशासनले तोकिएको समय भित्र मापडण्ड पुरा गरेरमा औषधी पसल, मेडिकल तथा क्लिनिकहरु संचालन गर्न प्रजिअ घिमिरेले निर्देशन दिनु भएको छ ।

अनुगमनको क्रममा रोल्पा न.पा. वडा नं. २ विचबजार स्थित जमुना आयुर्वेदिक मेडिकल हलमा आयुर्वेदिक र एलोपेथिक देवै प्रकारका औषधीहरु राखेको पाईएको हुँदा एलोपेथिक औषधीहरु हटाई सोको विवरण सहित ७ दिन भित्र जिल्ला प्रशासन कार्यालय रोल्पामा उपस्थित हुन र स्वास्थ्य क्लिनिक नियमानुसार स्वास्थ्य निर्देशनालय भालुबाङ दाङमा दर्ता गरे पश्चात मात्र संचालन गर्न निर्देशन दिईएको छ । रोल्पा न.पा. ४ बजार स्थित अशोक फार्मेसीलाई खरिद विक्री विल दुरुष्ट राख्ने र इजाजत पत्रमा उल्लेखित औषधीहरुमा राख्न सुझाव दिईएको छ । रोल्पा न.पा. वडा नं. ४ लिबाङ बजार स्थित शिव मेडिकल स्टोरलाई आफुले संचालन गरेको रोल्पा अस्पताल प्रा.लि.को संचालन मापदण्ड पुरा गरी सो कागजातहरु जिल्ला प्रशासन कार्यालय रोल्पामा पेश गर्न र फिजिसियन स्याम्पल र विक्री वितरण गरिने औषधी अलग अलग सुझाव दिईएको छ । अनुगमन भएका उल्लेखित औषधी पसलहरुलाई म्याद गुज्रिएका औषधीहरु छुट्याई राख्ने व्यवस्था मिलाउन समेत निर्देशन गरिएको बताइएकाे छ । त्यस्तै राेल्पा नपा वडा‍.२ र ४ मा सञ्चालित औषधी पसल, मेडिकल तथा क्लिनिकहरु मापडण्ड अनुसार संचालनमा आएका छन छैन्न र औषधी तथा औषधीजन्य वस्तुको सही रुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रि वितरण हुने औषधीको गुणस्तरबारे जानकारी लिनको लागि अनुगमन गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभएको छ ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक श्याम कुमार शारु मगर, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विसाल सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, रोल्पा अस्पताल रेउघा रोल्पाका फार्मेसि अधिकृत बुद्धिबल चिडीमगर, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका सदस्य अशोक आचार्य, स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतीराज न्यौपाने, जिल्ला प्रसारण कार्यालय रोल्पाका नायव सुब्बा अम्मर केसि, उपभोत्ता संरक्षण मञ्जका प्रतिनिधी यम प्रकाश बुढामगर, रेडियोे मालश्रीका पत्रकार भरत बिश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।
यो समाचार प्रसारण प्रकाशन गर्नु गरेमा समाचारको श्रोत खुलाउनु होला ।

 

प्रतिक्रिया दिनुहोस्

Array